बार्सिलोना रियल सोसियडाडसँग स्तब्ध

पोखरा स्पोर्ट्स । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना रियल सोसियडाडसँग पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा रियल सोसियडाडले बार्सिलोनालाई २१ गोल अन्तरले पराजित गरेको हो । रियल सोसियडाडको जितमा मिकेल ओयारजाबाल र गोन्कालो गुएडेजले एक एक गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि एक गोल मार्कस राशफोर्डले गरेका थिए ।

यस खेलमा खेलको ८८औं मिनेटमा कार्लोस सोलेरले रातो कार्ड पाउदा रियल सोसियडाड १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि रियल सोसियडाडको २० खेलमा २४ अंक भएको छ र लिगमा आठौ स्थानमा उक्लिएको छ । त्यस्तै बार्सिलोनाको भने २० खेलमा ४९ अंक भएको छ ।

यस हारले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडसँगको अंक दूरी एक मात्र रहेको छ । रियल म्याड्रिडको २० खेलमा ४८ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close