सेनेगलले जित्यो अफ्रिका कप अफ नेसन्सको उपाधि

पोखरा स्पोर्ट्स । सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ

गएराती सम्पन्न फाइनल खेलमा सेनेगलले मोरक्कोलाई १० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

सेनेगलको जितमा खेलको ९४औं मिनेटमा पेप ग्वेले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा निर्धारित ९० मिनेटको समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि ३० मिनेटको अतिरक्त समय खेलाइएको थियो । अतिरिक्त समयको चौथो मिनेटमा नै सेनेगलले गोल गरेको थियो ।

यो सेनेगलको अफ्रिका कप अफ नेसन्सको दोस्रो उपाधि हो । यसअघि सेनेगलले २०२१ मा अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको थियो । त्यस्तै २००२ र २०१९ मा फाइनलमा पुगेर उपविजेता बनेको थियो ।

त्यस्तै मोरक्कोले भने १९७६ मा एक पटक उपाधि जितेको थियो भने त्यसयता अफ्रिका कप अफ नेसन्सको उपाधि जित्न सकेको छैन । यसअघि मोरक्को २००४ मा अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close