
पोखरा स्पोर्टस । पोखराको लामाचौरमा जारी राष्ट्रिय भलिवल कप राष्ट्रिय भलिबल प्रतियोगितामा घरेलु टोली गण्डकीले विभागिय टोली शसस्त्र प्रहरीको एपिएफ क्लव विरुद्ध जित निकालेको छ ।
नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा आइतबार भएको पुरुष तर्फको लिग चरण अन्तर्गतको खेलमा गण्डकीले ३–१ को जित दर्ता गर्दै प्रतियोगितामा फर्किएको छ । पहिलो खेल मणिमुकुन्द संग हार व्यहोरेर दबावमा रहेको गण्डकीले आइतबार भने हाइ भोल्टेज म्याचमा भने जित निकालेको हो ।
सम्पन्न खेलको पहिलो सेट २५–२३ ले जित्दै गण्डकीलाई दबावमा राखेको एपिएफले पछिल्ला तिन सेटमा भने गण्डकीले आफ्नो साविक खेल प्रदर्शन गर्दै जित निकाल्न सफल भयो । दोश्रो सेट २५–२३, तेश्रो सेट समान २५–२३ ले जितेको गण्डकीले चौथो सेट २५–१९ ले जित्न सफल भयो ।
खेलमा यूवा खेलाडी रवि केसी, हिमाल सुनारी, किरण गुरौ, इन्द्र विक, सन्तोष राना र सुजन चोखालले उत्कृष्ट खेल प्रदर्शन गरे ।
फोटो : योगेन्द्र श्रेष्ठ
