आयोजक टाइगर ग्रुपले महिलातर्फ आफ्नै टिम मैदानमा उतार्ने

पोखरा स्पोर्ट्स । एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले आफ्नै टिम सहभागी गराउने भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले पोखरा स्पोर्ट्ससँग कुराकानी गर्दै महिलातर्फ आयोजक टिम मैदानमा उतार्ने निर्णय गरिएको जानकारी दिएका हुन् । उनका अनुसार नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले आयोजक टिमको कप्तानी सम्हाल्ने भएकी छन् ।

यसअघि प्रतियोगितामा सहभागिता जनाउने बताइएको एभेरेष्ट भलिबल क्लब, रुपन्देही प्रतियोगिताबाट बाहिरिएपछि आयोजकले आफ्नै टिम अघि सारेको अध्यक्ष शर्माले स्पष्ट पारेका छन् ।

यहि माघ ९ देखि १७ गते सम्म पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालन हुने प्रतियोगितामा आयोजक टाइगर ग्रुपसँगै युनाइटेड प्यासन भलिबल क्लब (थाइल्याण्ड), थाइल्याण्ड क्विन्स, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, एपिएफ क्लब तथा टिपटप न्यू डामण्ड युथ स्पोर्ट्स क्लबको सहभागिता रहनेछ ।

आयोजक टाइगर ग्रुपले महिलातर्फको टिममा तीन जना विदेशी खेलाडीसमेत समावेश गरेको जानकारी अध्यक्ष शर्माले दिए ।

स्मरणीय छ, गत वर्ष सम्पन्न पाँचौं संस्करणमा आयोजक टाइगर ग्रुपले फाइनल खेलमा एपिएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै पहिलो पटक महिलातर्फको उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close