
पोखरा स्पोर्ट्स । आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरको पहिलो खेलमा नेपालल थाइल्याण्डसँग पराजित भएको छ ।
टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा थाइल्याण्डले नेपाललाई ८ विकेटले पराजित गरेको हो । नेपालले दिएको १२३ रनको लक्ष्य पछाएको थाइल्याण्डले १६.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।
थाइल्याण्डका लागि नथ्थकन चान्थमले सर्बाधिक ५७ रन बनाएकी थिइन् भने नान्नापत कोन्चारोएनकाईले ३२ र अपिसारा सुवान्चोनरथीले २८ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर सिता राना मगरले २ विकेट लिएकी थिइन् ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा अल आउट हुदै १२२ रन बनाएको थियो । नेपालका लागि बिन्दु रावलले सर्बाधिक ४४ रन बनाएकी थिइन् भने सम्झना खड्काले २६ रन बनाएकी थिइन् । त्यस्तै रुबिना क्षेत्रीले १७ र पुजा महतोले १२ रन बनाएकी थिइन् । त्यस्तै थाइल्याण्डकी बलर थिपातचा पुथावोंगले सर्बाधिक ४ विकेट लिएकी थिइन् ।
अब नेपालले अर्को खेल विहिबार नेदरल्याण्डससँग खेल्ने तालिका छ भने थाइल्याण्डले मंगलबार जिम्बाबेसँग खेल्ने छ ।


