एम्बाप्पे र असेन्सियोको गोलमा रियल म्याड्रिड विजयी

पोखरा स्पोर्ट्स । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले लेभान्टेलाई पराजित गरेको छ ।

शनिबार राति सम्पन्न खेलमा रियल म्याड्रिडले लेभान्टेलाई २-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा किलियन एम्बाप्पे र राउल असेन्सियोले एक एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडले बार्सिलोनासँगको दुरी कम गरेको छ । रियल म्याड्रिडको २० खेलमा ४८ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै बार्सिलोना १९ खेलमा ४९ अंकका साथ शिर्ष स्थानमा रहेको छ । त्यसैगरी लेभान्टेको १९ खेलमा १४ अंक रहेको छ र लिगमा १९औं स्थानमा रहेको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close