पोखरा महानगर द्वारा खेल शिक्षकहरुलाई प्रशिक्षण

पोखरा स्पोर्टस । पोखरा महानगरपालिकाले नगर भित्रका विद्यालयका खेल शिक्षकहरुलाई लक्षित गर्दै खेल विज्ञान सम्वन्धि प्रशिक्षण दिएको छ ।

पोखरा महानगर खेलकुद विकास समितिको समन्वयमा भएको उक्त प्रशिक्षण तिन दिन सञ्चालन गरिएको समितिका अध्यक्ष दिपक बहादुर गोदारले जानकारी दिएका हुन् ।

विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ खेल शिक्षकहरुलाई प्रशिक्षण दिइएको बताउँदै ३ दिने प्रशिक्षणमा पोखरा महानगर अन्तर्गतका २ सय विद्यालयका २ सय जना खेल शिक्षकहरुको सहभागिता रहेको अध्यक्ष गोदारले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

विभिन्न ४ वटा क्लस्टरमा विभाजन गरी महानगर खेलकुद विकास समितिको वार्षिक कार्यक्रम अनुसार प्रशिक्षण दिएको जनाएको छ ।

विशेष गरी राष्ट्रपति रनिङ शिल्डमा समावेश भएका ६ वटा खेलहरुलाई केन्द्रित गरिएको प्रशिक्षणमा गण्डकी विश्वविद्यालयका उप–प्रध्यापक डा. मधुसुदन सुवेदी, सुरेश कहादुर थापा र आशिष आचार्यले खेल विज्ञान सम्वन्धि प्रशिक्षण दिएको समितिका सदस्य सचिव सुवास खड्काले बताए ।

त्यसै गरी एथलेटिक्स प्रशिक्षक सिद्धान्त अधिकारी, गज बहादुर गुरुङ, कबड्डी प्रशिक्षक हरि जिशी, भलिबल प्रशिक्षक कौशिला खत्री, मार्शल आर्ट र रग्वीका प्रशिक्षक टंकराज गिरीले प्रशिक्षण दिएका थिए ।

सहभागीहरुलाई पोखरा महानगर शिक्षा विभाग प्रुमख हेम प्रसाद आचार्य, समितिका अध्यक्ष गोदार, सदस्य सचिव खड्का, सदस्य जिवन बाटाजु, शान्ता सुवेदी लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close