
पोखरा स्पोर्ट्स । सेनेगल र मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुगेका छन् । गएराती सम्पन्न सेमिफाइनल खेलमा सेनेगलले इजिप्टलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । सेनेगलको जितका लागि खेलको ७८औं मिनेटमा गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।
त्यस्तै अर्को सेमिफाइनलमा मोरक्कोले नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
अब फाइनल खेलमा सेनेगल र मोरक्को भिड्ने भएका छन् ।
अहिलेसम्म सेनेगलले एक पटक २०२१ मा अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ भने २००२ र २०१९ मा फाइनलमा पुगेर उपविजेता बनेको थियो ।
त्यस्तै मोरक्कोले भने १९७६ मा एक पटक उपाधि जितेको छ भने त्यसयता अफ्रिका कप अफ नेसन्सको उपाधि जित्न सकेको छैन । यसअघि मोरक्को २००४ मा अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुगेको थियो । अब यो फाइनल खेल जनवरी १८ मा हुदैछ ।


