नेपाल भलिबल संघको १२औं साधारण सभा पोखरामा हुदै

पोखरा स्पोर्ट्स । नेपाल भलिबल संघको १२औं साधारण सभा पोखरामा हुने भएको छ । सो साधारण सभा यहि माघ १५ गते हुने भएको हो ।

सो साधारण सभा गत भदौ २७ गते पोखरामा हुने गरी तय भएकोमा नेपालमा भएको जेन्जी आन्दोलनका कारण स्थगित भएको थियो ।

साधारण सभामा ७७ जिल्लाका एक–एक जना प्रतिनिधिहरु, सात प्रदेशका एक–एक जना प्रतिनिधि, कार्यसमितिका ४० जना पदाधिकारी तथा सदस्यहरु, सल्लाहकार गरी १४५ जना प्रतिनिधिहरुको सहभागिता हुनेछन् ।

साधारण सभामा प्रतिवेदनहरु प्रस्तुत गरिनेछन् भने आगामी कार्ययोजनाका बारेमा समेत व्यापक छलफल हुने संघका उपाध्यक्ष एवं साधारण सभा सम्पन्न गर्न जिम्मेवारी पाएका याम बहादुर गुरूङले पोखरा स्पोर्ट्सलाई बताए ।

साधारण सभाको तयारी सुरू गरिएको पोखरा स्पोर्टसलाई जानकारी दिंदै उपाध्यक्ष गुरूङले प्रदेश खेलकुद परिषदका सदस्य सचिब एवं संघका केन्द्रिय सचिब श्रीधर शर्मा, टाइगर ग्रुप अफ पोखराका अध्यक्ष एवं संघका सल्लाहकार नारायण प्रसाद शर्मा, केन्द्रिय सदस्य राज कुमार गुरूङ, गण्डकी भलिबल संघका कावा अध्यक्ष राजेन्द्र जिसी, जिल्ला भलिबल संघ कास्कीलाई साधारण सभा सम्पन्न गर्न विशेष जिम्मेवारी दिएको बताए ।

यस अघि पोखराले चार पटक साधारण सभा गर्ने अवसर प्राप्त गरिसकेको र पोखरामा हुन लागेको यो साधारण सभा पाँचौ हो । साधारण सभा सम्पन्न गर्न करिव २ लाख भन्दा बढि खर्च लाग्ने उपाध्यक्ष गुरूङले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close