टाइगर कप भलिबलको महाकुम्भमा यस्तो छ मालदिभ्सको टोली

पोखरा स्पोर्ट्स । ‘छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२’ को महाकुम्भ नजिकिंदै जाँदा सहभागि हुने टोलीको नाम प्राप्त हुन थालेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यहि माघ ९ देखि १७ गते सम्म पोखरा रंगशालामा आयोजना हुने सो प्रतियोगिताको तयारी सुरू भए सँगै सहभागि विभिन्न देशका टोलीको नाम प्राप्त भएको ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले पोखरा स्पोर्ट्सलाई जानकारी दिएका छन् ।

छैटौं संस्करणमा पहिलो पटक सहभागिता जनाउन लागेको मालदिभ्स भलिबल एशोसिएसन क्लबको पुरुष टोलीमा १४ खेलाडी समावेश गरिएको छ । अनुभवी र युवा खेलाडीहरूको सन्तुलित संयोजन रहेको यस टोलीको मुख्य प्रशिक्षक इरानका फरहाद नाजेरियाअफशार रहेका छन् ।

टोलीको लक्ष्य टाइगर कपमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि होडमा टिमलाई उभ्याउनु रहेको टोली व्यवस्थापनले जनाएको छ ।

माल्दिभ्स भलिबल टोली
मोहम्मद अहमद आइहम – मिडल ब्लकर
शाहिद हुसैन – सेटर
अली अहमद इल हम – लिबेरो
फाइरुज आदम – मिडल ब्लकर
अब्दुल्ला शाइन – सेटर
हमीद याएश रिफाथ – आउटसाइड हिटर
मोहम्मद शामिल – अपोजिट
हसन इब्राहिम राकिन – आउटसाइड हिटर
अहमद माआइश – आउटसाइड हिटर
अली इयान – आउटसाइड हिटर
नियाज माउजुन – सेटर
नाफिउ अहमद – आउटसाइड हिटर
अली मोहम्मद लथफान – मिडल ब्लकर
हसन हैलाम – अपोजिट

टोलीको म्यानेजरमा मोहमद इहाम, सहायक प्रशिक्षकद्वयमा नसरुल्ला तोहा र अली जाइम रहेका छन् ।

‘छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२’ को संयोजकमा राजकुमार गुरूङ र सहसंयोजकमा डोलराज पोखरेल (डिआर) मनोनयन भएका छन् भने मुल आयोजक समितिको संयोजकमा अध्यक्ष शर्मा रहेका छन् ।

यसै गरी प्रतियोगितालाई भव्य एवं सभ्यरुपमा सम्पन्न गर्न १०७ मुल आयोजकसहित १४ विभिन्न उपसमिति गठन गरी जिम्मेवारी तोकिएको सचिब डिबी नेपालीले जानकारी दिएका छन् ।

छैटौ संस्करणको च्याम्पियन हुने टोलीले ६ लाख ६६ हजार ६६६ नगद प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु ३ लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टिमले २ लाख ६ हजार ६६६ हात पार्नेछन् । सो पुरस्कार राशी महिला तथा पुरूष दुबैतर्फ बिजेता टोलीले प्राप्त गर्नेछन् ।

यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद रु २६ हजार ६६६ प्राप्त गर्दा अन्य विद्यागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान नगद रु ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पाचौं टाइगर कप भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ एपिएफ क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो ।

टाइगर कप भलिबल प्रतियोगितामा नेपालका विभागिय टोलीहरुसहित अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहने भएकाले प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close