एनएसजेफ स्पोर्टस अवार्ड: दीपेन्द्र र एरिकाले जिते वर्षको उत्कृष्ट खेलाडीको अवार्ड

पोखरा स्पोर्ट्स ।  क्रिकेटर दीपेन्द्र सिंह ऐरीले एनएसजेएफ वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा पोखरामा जारी २२औं एनएसजेफ पल्सर स्पोर्टस अवार्डमा दिपेन्द्रले वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन् ।

त्यस्तै बर्षको उत्कृष्ट महिला खेलाडी भने कराते खेलाडी एरिका गुरुङले जितेकी छन् । उनले लगातार दोस्रो बर्ष यो अवार्ड जितेकी छन् । 

त्यसैगरी भलिबलका हिमाल सुनारीले पिपल्स च्वाइस अवार्ड जितेका छन् भने खड्ग रानाभाटलाई लाइभ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close