साम्बा गम्भीर घाइते, करिब एक बर्ष मैदान बाहिर रहने

पोखरा स्पोर्ट्स ।   नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ९ देखि १२ महिनासम्म मैदानबाट बाहिर हुने भएकी छन् । 

न्यूजील्याण्डको क्लब वेलिङटन फोनिक्सबाट अस्ट्रेलियामा निन्जा ए लिग खेलिरहेकी साम्बाको घुँडाको गम्भीर चोट लागेपछि उनी यो सिजन खेल्न नसक्ने भएकी हुन् । क्लबले साम्बाको इन्जुरी बारे जानकारी दिदै उनी ९ देखि १२ महिनासम्म मैदान बाहिर हुने जानकारी दिएको छ ।

वेलिङटन फोनिक्सले एमआरआई स्क्यानपछि साम्बाको दाहिने घुँडामा ‘एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) ग्राफ्ट’ फुटेको देखाएको छ र उनी नौ देखि १२ महिनासम्म मैदान बाहिर रहने बताएको हो । साम्बालाई ब्रिस्बेन रोअरविरुद्धको राउन्ड ११ को खेलको दोस्रो हाफमा चोट लागेको थियो । रोअरकी गोलकिपर क्लो लिंकनसँग साम्बा ठोक्किएकी थिइन् ।

वेलिङटन फोनिक्स साम्बालाई धेरै धेरै धन्यवाद, शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close