राजुकमारको ह्याट्रिकमा आयोजक बगर भाई खलकको लगातार दोश्रो जित

पोखरा स्पोर्टस । राजकुमार गुरुङको ह्याट्रिकमा पोखराको ऐतिहासिक टुँडी खेल मैदानमा जारी ‘बगर भाई खलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता’मा आयोजक टिम बगर भाई खलकले लगातार दोश्रो जित दर्ता गरेको छ ।

४० बर्ष देखि ६५ बर्षको उमेर समुहका पाका खेलाडीहरुको खेलबाट नयां पिढीलाई खेलकूद प्रति अभिरुची जगाई भविष्यमा खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ शुरु भएको प्रतियोगिता अन्तर्गत तेश्रो दिनको खेलमा आयोजक टिमले वालिङ भेट्रान्स स्याङजा माथी ५–० गोलले जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । उक्त खेलमा ह्याट्रिक गर्ने आयोजक टिमका राजकुमार म्यान अफ दि म्याच हुँदै आकर्षक ट्रफी हात पारे ।

“स्वास्थ्यको लागि एक घण्टा व्ययाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नाराका साथ शुरु भएको उक्त प्रतियोगिता अन्तर्गत दोश्रो दिन ८ खेल सम्पन्न भएका छन् । जस अन्तर्गत बुटवल भेट्रान्सले हेटौडा निलो माथी ५–० ले जित निकालेको छ । उक्त खेलमा अमित गुरुङले ह्याट्रिक पुरा गर्दै म्यान अफ दि म्याच घोषित भए । एक अर्को खेलमा हेटौडाको नागसोती भेट्रान्स पोखरा भेट्रान्स माथी ५–४ गोलले विजयी भएको छ । उक्त खेलमा निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसक्दा खेल टाइव्रेकर पुगेको थियो । उक्त खेलमा नागसोतीका किपर सञ्जिव खड्गी म्यान अफ दि म्याच घोषित भएका छन् । त्यस्तै भनिमण्डल ललितपुर र पशुपती भेट्रान्स विचको खेलमा समेत निर्धारित समयमा गोल नभए पछि टाइव्रेकरमा भनिमण्डल ५–४ ले भाग्मानी हुँदै दोश्रो चरणमा प्रवेश गरेको छ ।

यता पोखराको एविसी भेट्रान्सले पाहुना टोली काठमाण्डौ फ्रिडम फाइटर लाई ४–० ले स्तव्ध पारेको छ । उक्त खेलमा एविसीका महेन्द्र गुरुङ म्यान अफ दि म्याचको पुरस्कार हात पार्दा खुमलटार काठमाडौले साने गौचरनमाथी २–० को सनशनीपूर्ण जित निकालेको छ । उक्त खेलमा राजकुमार घिसिङ म्यान अफ दि म्याच भएका छन् । त्यस्तै अन्य दुई खेलमा टिवर्गर ललितपुर र हेटौडा रातो विजयी बनेको छ । विर्गरले चितवन माथी २–० र हेटौडाले पोखरा २० माथी ३–१ ले जित निकालेका छन् । ति खेलमा हेटौडाका तोयाराम भुजेल र टि वर्गरका राजकुमार केसी म्यान अफ दि म्याच भएका छन् ।

भेट्रानहरुको संस्थागत रुपमा नेपाल मै पहिलो पटक शुरु भएको उक्त प्रतियोगितामा प्रतियोगीतामा उपाधि विजेताले १ लाख ५१ हजार १ सय १ सय ११ सहित रनिङ्ग शिल्ड, पदक र प्रमाणपत्र, उपाविजेताले नगद ७५ हजार ५ सय ५५ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले जनाएका छन् ।

त्यस्तै उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित जनही नगद ५ हजार दिइने छ भने सेमिफाइलन पुग्ने दुइ टिमलाई जनही नगद १० हजार उपलव्ध गराईनेछ । साथै सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद १० हजार प्रदान गरिनेछ । अनुशासित टिम, प्रतियोगितामा सहभागी सवै भन्दा जेष्ठ खेलाडीलाई सम्मान (एक पटक मात्र) एवं हरेक खेलका म्यान अफ दि म्याचलाई बिशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता संचालन गर्न रु.२० लाख खर्च लाग्ने अनुमान गरीएको छ भने २१ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको संस्थाका अध्यक्ष रमेश श्रेष्ठले जनाएका छन् । बिगत वर्षमा झैं यस बर्ष पनि सहारा युकेले द्वितिय पुरस्कार रु ७५ हजार ५ सय ५५ प्रायोजन गरेको छ भने नेपालको चौधरी ग्रुप समेतले सह प्रायोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close