साफ यू–१९ महिला च्याम्पियनसिपका लागि एन्फाद्वारा क्लोज क्याम्प आह्वान

पोखरा स्पोर्ट्स । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–१९ महिला च्याम्पियनसिपको तयारीस्वरूप क्लोज क्याम्प आह्वान गरेको छ । च्याम्पियनसिप माघ १७ गते देखि पोखरा रंगशालामा आयोजना हुनेछ ।

एन्फाले सार्वजनिक गरेको क्लोज क्याम्प सूचीअनुसार पहिलो चरणमा ४९ जना खेलाडीलाई क्लोज क्याम्पका लागि बोलाएको हो । प्रतियोगिताको तयारीका लागि खेलाडीहरूलाई शारीरिक, प्राविधिक तथा रणनीतिक अभ्यास गराइने एन्फाले जनाएको छ । राजधानी बाहिर पोखरामा अन्तर्राष्ट्रिय स्तरको महिला प्रतियोगिता आयोजना हुनु नेपाली महिला फुटबलका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

क्लोज क्याम्पमा बोलाइएका खेलाडीहरू
अलिजा बीके, अमृता भुल, अनिता राना मगर, एन्जेल सान्बो, अन्सु बीके, अनु माझी, अशिका कार्की, अशिका राई, आयुषा राउले, वर्षा कुँवर, वर्षा ओली, बसन्ती कुलाल, भूमिका बुधाथोकी, दिकी स्याम्बो, दिक्षा राई, ग्यान्सु डोल्मोलो, जुना तामाङ, कल्पना जिम्बा, कृतिका कार्की, कृतिशा तामाङ, लक्ष्मी बीके, माया मास्की, मिन माया श्रेष्ठ, नन्दिका थापा, निर्मला आचार्य, निशा मल्ल, प्रजिता राई, पूजा गिरी, पूजा थाइबा, पूर्णिमा ताडी, रविना बराम, रस्मिला चौलागाई, रेजिना लामा, रेनिशा शर्मा, रेन्शु महर्जन, सबनम राई, सहारा लिम्बु, सहारा वाइबा, सलोनी कुमारी चौधरी, संगीता कुमारी मल्ल, सेनु पारियार, सृजना बडुवाल, सृजना बटाला, सुमी हाङ्मा, सुषिला केसी, त्रिप्ती बडाला, तुलसा बोहरा, यम कुमारी बीके र यशोदा कुमारी बोहरा । 
मुख्य प्रशिक्षकः सुमन श्रेष्ठ

दक्षिण एसियाली टोलीहरूको सहभागितामा हुने यस च्याम्पियनसिपले नेपाली यू–१९ महिला टोलीलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउने विश्वास लिइएको छ । प्रतियोगिताको विस्तृत तालिका तथा अन्य जानकारी एन्फाले चाँडै सार्वजनिक गर्ने जनाएको छ । प्रतियोगिता माघ २४ गते सम्म सञ्चालन हुनेछ ।

यता गण्डकी प्रदेश फुटबल संघले पोखरा रंगशाला सुधारको कार्य समेत अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close