त्रिवेणी कप फुटबल : एपिएफद्वारा उपाधि रक्षा

पोखरा स्पार्ट्स । विभागीय टोली एपीएफ क्लबले ३३औं त्रिवेणी कपको उपाधि रक्षा गरेको छ।

बेसिसहरस्थित त्रिवेणी रंगशालामा सोमबार सम्पन्न फाइनलमा नाल्माको लाङ्दीदेवी एफसीलाई २–० ले पराजित गर्दै एपीएफले दोस्रोपल्ट उपाधि जितेको हो । योसँगै एपीएफले १२ लाख रुपैयाँ हात पारेको छ । नाल्माले भने ६ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

गत संस्करणमा भने एपीएफले वीवाईसी भोटेओडारलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै उपाधि हात पारेको थियो । यसपल्ट भने एपीएफलाई त्यतिधेरै संघर्ष गर्न परेन । करिब ७ वर्षपछि एपीएफ फर्किएका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले निर्धारित समयमै एपीएफलाई उपाधि चुमाए ।

एपीएफको जितमा युवराज खड्का र प्रदीप लामाले गोल गरे । खेलको ७७औं मिनेटमा युवराजको गोलमार्फ एपीएफले सुरुआती अग्रता लिएको थियो। त्यसको ६ मिनेटपछि नै प्रदीपले गोल गर्दै २–० को सहज जित पक्का गरे ।

योसँगै एपीएफले १२ लाख रुपैयाँ हात पारेको छ । नाल्माले भने ६ लाख रुपैयाँमा चित्त बुझाएको छ। नाल्मा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–० ले हराउँदै फाइनलमा पुगेको थियो ।

एपीएफले भने लमजुङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ४–३ ले पाखा लगाएको थियो । खेलको ‘म्यान अफ दी म्याच’ युवराज घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे ।

व्यक्तिगत विधातर्फ एपीएफले एकलौटी सफलता जमायो । सर्वाधिक गोलकर्ता प्रदीप लामा र समीर थोकर घोषित भए । यी दुईले समान ३ गोल गरे । उत्कृष्ट गोलकिपर एञ्ज श्रेष्ठ र प्रतियोगिताको उत्कृष्ट खेलाडी सन्तोष खत्री रहे । सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान २५ हजार रुपैयाँ प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close