
पोखरा स्पोर्ट्स । बंगलादेश सरकारको सूचना तथा प्रसारण मन्त्रालयले अर्को सूचना नभएसम्म देशमा इन्डियन प्रिमियर लिग (आईपीएल) को प्रसारण निलम्बन गर्ने आदेश दिएको छ ।
क्रिकेटर मुस्ताफिजुर रहमानलाई कोलकाता नाइट राइडर्स (केकेआर) टोलीबाट निकालेपछि विवाद बढिरहेका बेला बंगलादेश सरकारले आइपिएल प्रशारण गर्न प्रतिबन्ध लगाएको हो ।
यसअघि, युवा तथा खेलकुद सल्लाहकार आसिफ नजरुलले मुस्ताफिजुर रहमानलाई टोलीबाट बहिष्कार गरिएकोमा विरोध गर्दै सूचना तथा प्रसारण सल्लाहकारलाई आगामी आईपीएल खेलहरूको सबै प्रसारण रोक्न आवश्यक उपायहरू अपनाउन अनुरोध गरेका थिए ।
उनले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई आगामी टी२० क्रिकेट विश्वकपमा बंगलादेशको खेलहरू भारतको सट्टा श्रीलंकामा सार्ने अनुरोध गर्दै आईसीसीलाई पत्र लेख्न निर्देशन दिएका छन् ।
बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले २०२६ को टी- २० विश्वकप खेल्न बंगलादेश भारतको यात्रा नगर्ने निर्णय गरेको छ ।


