न्यूजील्याण्डविरुद्धको एकदिवसीय सिरिजका लागि भारतीय टिमको घोषणा

पोखरा स्पोर्ट्स ।  जनवरी ११ बाट सुरु हुने न्युजिल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिजका लागि भारतीय क्रिकेट टिमको घोषणा गरिएको छ । भारतीय टिममा इन्जुरीपछि शुभमन गिल कप्तानको रूपमा फर्किएका छन् भने श्रेयस अय्यरलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । अय्यर शतप्रतिशत फिट नभएकाले उनी फिट भएमा मात्र सिरिज खेल्ने बोर्डले जनाएको छ । 

एकदिवसीय टिममा ऋषव पन्तलाई पनि समावेश गरिएको छ भने रोहित शर्मा र विराट कोहली फेरि एक पटक मैदानमा खेल्ने देखिनेछन् । त्यस्तै छनोट समितिले हार्दिक पाण्ड्या र जसप्रीत बुमराहलाई आराम दिएको छ । दुवैले फेब्रुअरीमा हुने टी-२० विश्वकपमा भारतको प्रतिनिधित्व गर्नेछन् ।

भारतीय टिममा शुभमन गिल (कप्तान) श्रेयस अय्यर (उपकप्तान), रोहित शर्मा, विराट कोहली, केएल राहुल, वाशिंटन सुन्दर, रविन्द्र जडेजा, मोहमद सिराज, हर्षित राना, प्रसिद्ध कृष्ण, कुलदीप यादव, ऋषव पन्त, नितिश कुमार रेड्डी, अर्शदीप सिंह र यशस्वी जैसवाल रेहका छन् । 

भारत र न्युजिल्याण्डबीचको तीन खेलको एकदिवसीय सिरीज जनवरी ११ मा सुरु हुनेछ । पहिलो खेल बडोदरामा खेलिनेछ । दोस्रो खेल जनवरी १४ मा राजकोटमा खेलिनेछ भने तेस्रो खेल इन्दोरमा जनवरी १८ मा खेलिनेछ । यसपछि, दुई टोलीले पाँच खेलको टी- २० सिरीज खेल्नेछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close