पोखरा स्पोर्ट्स । हुन त खेलकुदमा लगानी सक्नेले गर्ने हो । तर आर्थिक रुपले सवल हुदा–हुदै पनि धेरै अभिभावकहरु आफ्ना छोरा छोरीलाई खेलमा लगानी गर्न त्यती अघि सरेको नेपाली परिवेशमा पाइदैन । नेपाली खेलकुदमा मात्रै होइन पोखराको परिवेशमा हेर्ने हो भने एकाध बाहेक त्यो विरलै छ । तर भिष्मराज पौडेल जो आफू टेनिसका खेलाडी तथा सफल पर्यटन ब्यवसायी समेत हुन् उनले आफ्नो छोरा आर्यषराजलाई टेनिस प्रशिक्षणका लागि नेपाल नं १ टेनिस खेलाडी प्रदिप खड्कालाई जिम्मा लगाएका मात्रै छैनन, आफ्नो छोरालाई एक सफल खेलाडी बनाउन उदाहरणिय अभिभावक बनेर उभिएका छन् ।
आर्यषराज भर्खरै १२ वर्ष उदियमान खेलाडी हुन् । सानै उमेरमा आफ्ना वुवासँग टेनिस कोर्टमा छिरेका उनी पछिल्लो समयमा आफ्नो उमेर समुहमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनको टेनिस प्रतिको रुचीलाई अझै मलजल गर्न परिवार अघि सरेको छ । जुन पोखरेली टेनिसका लागि मात्रै नभई नेपाली टेनिसका लागि समेत एक उदाहरण अभिभावक बनेर उभिएका छन्-भिष्मराज । उनले प्रदिपसँग मौखिक मात्रै नभई सम्झौता नै गरेर अघि बढेका छन् । जुन पोखराको टेनिसका लागि नयाँ विषय समेत हो ।
प्रदिप नेपाली टेनिसमा ५ वर्ष देखि लगातार नं १ को उपाधि रक्षा गरेका छन् । एसियाली खेलकुद, साग गेम्स देखि लिएर डेभिस कपलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिताले आफूलाई टेनिसमा खारेका छन् । एक विपन्न परिवारबाट उठेका प्रदिपलाई टेनिसले आफ्नो जिवनमा सबै दिएको स्विकार्छन् । केही महिना यता काठमाण्डौमा नै बसेर टेनिसको प्रशिक्षण र प्रतियोगितामा सहभागि हुदै आएन उनी अब पोखरामा नै बसेर केही नयाँपन दिन खोज्दै छन् । त्यही अवसरमा आर्यषको परिवारका लागि सहि सावित बन्यो । लामो कसरत र छलफल पछि उनी आर्यषको प्रशिक्षक बन्न चाहे । जुन विषय पोखरेली टेनिसका लागि समेत अवसर बनेको छ ।
आफ्नो टेनिस खेल जिवनमा प्रदिपले प्रशिक्षणका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्दै टेनिस जिवनको नयाँ अध्याय समेत सुरूवात गरेका छन् । प्रदिप र आयर्षराज पहिलो एक वर्षका लागि सम्झौता गरेका छन् । यो सम्झौता अब आयर्षसँग मात्रै सिमित हुनेछैन । प्रदिपको प्रशिक्षणमा आयर्षले टेनिस खेलमा नयाँ अवसर दिनेछन् भने उनी जस्तै चाहना भएका परिवारले समेत प्रदिपको प्रशिक्षणमा पठाउन सक्ने गरी पोखराको टेनिसमा नयाँ ढोका खुलेको छ । यद्यपी पोखराले एक दर्जन भन्दा बढि प्रशिक्षकहरु जन्माइसकेको छ । ति प्रशिक्षकहरु मालदिभ्ससँगै नेपालका विभिन्न सहरमा प्रशिक्षणमा व्यस्त छन् ।
पोखराको टेनिसमा यति बेला ५ जना भन्दा बढि प्रशिक्षकहरुले नियमित ग्रो टेनिस, जुनियर ग्रासरुट टेनिसमा प्रशिक्षण दिंदै आएका छन् । अब नेपाल नं १ प्रदिप समेत सो अभियानमा समिटिँदै पोखराको टेनिसलाई थप मलजल भूमिका खेल्ने विश्वास गरिएको छ ।


