पोखरा रंगशाला ‘फ्रि वाइफाई जोन’ हुने, वर्ल्ड लिंक र जिल्ला खेलकुदले गरे सम्झौता

पोखरा स्पोर्ट्स । पोखरा रंशगाला फ्रि वाइफाई जोन हुने भएको छ । लामो समय देखि खेलाडीहरुले रंगशालालाई फ्रि वाइफाइ जोन बनाउन आवाज उठाउँदै आएका थिए ।

रंगशालालाई फ्रि वाइफाइ जोन बनाउने विषयमा जिल्ला खेलकुद विकास समिति कास्की र वर्ल्ड लिंक कम्यूनिकेशन बीच सोमबार सम्झौता भएको समितिका कार्यालयका प्रमुख डिवी नेपालीले पोखरा स्पोर्ट्सलाई जानकारी दिए ।

सो सम्झौता पत्रमा समितिका अध्यक्ष मिलन गुरूङ र वर्ल्ड लिंकका तर्फबाट गण्डकी जनसम्पर्क अधिकृत उत्सव श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार आगामी पाँच वर्षका लागि लागु हुने जिल्ला खेलकुद समितिले जनाएको छ ।

सम्झौता पछि कुरा गर्दै अध्यक्ष गुरूङले रंगशालाका पाँच स्थानमा सबैको पहुचमा हुने गरी इन्टरनेट वितरण गरिने छ । हालका लागि रंगशालाको मुख्य गेट भलिबल प्रशिक्षण केन्द्र, बहुउद्धेश्यिय कभर्ड हल, फुटबल स्टेडियम, क्रिकेट खेल मैदान र टेनिस सेन्टरको वरपर हुने गरी जडान हुनेछ । जसबाट सबै क्षेत्र फ्रि वाइफाई जोन सबैको पहुँचमा हुने गरी जडान गर्न लागिएको अध्यक्ष गुरूङले जानकारी दिए ।

“आजको सम्झौताले पोखरा रंगशालालाई आधुनिक प्रविधिसँग जोड्ने काम गर्नेछ,” अध्यक्ष गुरुङले भने, “अब दर्शकहरूले खेल हेर्दै आफ्ना परिवार र साथीहरूसँग देश–विदेशमा प्रत्यक्ष रूपमा कुरा गर्न वा खेलको झलक देखाउन सक्नेछन्।”

पोखरा रंगशालालाई मेट्रो वाइफाई फ्रि जोन बनाउन र वर्ल्ड लिंक कम्यूनिकेशनले करिव ३० लाख खर्च लाग्ने अनुमान गरेको छ । सो विषयमा कुरा गर्दै वर्ल्ड लिंकका जनसम्पर्क अधिकृत श्रेष्ठले यहाँको खेलकुद विकासका लागि आफ्नो कम्पनीको तर्फबाट सानो सहकार्य रहेको पोखरा स्पोर्ट्लाई बताए ।

सम्झौता अनुसार अव पोखरा रंगशाला सञ्चालन हुने प्रतियोगिता तथा प्रत्यक्ष प्रसारण गर्दा वर्ल्ड लिंक इन्टरनेट पार्टनरको रुपमा रहने छ ।

सम्झौता कार्यक्रममा वर्ल्ड लिंकका प्रोजेक्ट म्यानेजर विरेन्द्र थापा र समितिका उपाध्यक्ष तिलक बहादुर अधिकारी क्षेत्रीको समेत् सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close