
केशव पाठक/पोखरा,
गैर आवाशिय नेपाली संघ (एन.आर.एन) यूकेकी अध्यक्ष पुनम गुरुङले पोखरा म्याराथन सफल बनाउने सबैको दायित्व भएको बताएकी छन ।
पोखरा म्याराथनमा सहभागी हुन बेलायतका गैर आवासिय नेपालीहरुको नेतृत्व गर्दै पोखरा आएकी अध्यक्ष गुरुङ पोखरा विमानस्थलमा ओर्लिए पछि पोखरा म्याराथनमा सहभागि हुन आफु निकै भाग्यमानी भएको बताउँदै पोखरा म्याराथन जस्तो गौरव गर्ने लायक खेलकुदको अभियानमा जुट्न र सफल बनाउन आ–आफ्नो ढङ्ग बाट सहयोग गर्नुपर्ने बताइन ।

पोखरा म्याराथनमा आफूपनि सहभागि हुने र दौडने अभियानका साथ पोखरा आएको बताउँदै बेलायतबाशी नेपालीहरुको सहयोग सर्हानिय रहेको अध्यक्ष गुरुङले बताइन । नेपाल भ्रमण वर्ष २०२० का लागि बेलायतको संयोजक समेत रहेकी उनले जति सक्दो धेरै विदेशीहरु नेपाल भ्रमण गराउन सबैको उत्तिकै सहयोग र सहकार्यको खाँचो रहेको समेत उल्लेख गरिन ।
एन आर एन अध्यक्ष गुरुङ सङै उनका श्रीमान कमल गुरङ र बुवा आमा लगाएत पविारनै पोखरा म्याराथनमा सहभागि हुन आएका छन । कमल गुरुङ बेलायतको प्रतिष्ठित संस्था तमु धिं एसोसियसन युकेका पूर्व अध्यक्ष समेत हुन ।

पोखरा विमानस्थलमा स्वागत गर्दै भुतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज गुरुङले म्याराथन खेल मात्रै नभई एक अभियान भएको बताए । एनआरएन जस्तो गौरवमयी संस्थाको अध्यक्ष पोखरा आउनुले पनि विदेशमा रहेका सबै गैर आवाशिय नेपालीहरु माझ सकारात्मक सन्देश प्रवाह गरेको बताए ।
सहारा युकेका प्रमुख सल्लाहाकार एवम भुतपुर्व खेलाडी मञ्चका संस्थापक महेश गुरुङ, पोखरेली मञ्च युकेका अध्यक्ष मान प्रसाद गुरुङ, पोखरा म्याराथनका लागि मञ्चका तर्फ बाट मुल समितीकी संयोजक रहेकी मञ्जु गुरुङ, पोखरेली मञ्चका उपाध्यक्ष पुर्व डिएसपी वाचस्पती रेग्मी, सामाजिक अभियान्ता योगेश गुरुङ लगाएत अध्यक्ष गुरुङलाई स्वागत गर्न पोखरा विमानस्थलमा पुगेका थिए ।



