“पोखरा म्याराथनले बेलायत बाट बोलायो”–मञ्जु गुरुङ, बेलायत

केशव पाठक / पोखरा, नेपाल भ्रमण वर्ष २०२० संगै १४ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सुरु हुन दुई दिन बाँकी छँदा सात समुद्र पारी अर्थात विदेश बाट पोखरा आउने क्रम पनि ह्वात्तै बढेको छ ।

यहि फागुन ३ गते शनिबार पोखरामा आयोजना हुने म्याराथनलाई विदेशमा रहेर पनि उच्च प्राथमिकता दिंदै बेलायत बाट पोखरेली मञ्च यू.केका अध्यक्ष मान प्रसाद गुरुङ लगायत अन्य सदस्य र सुभेच्छुकहरु यति बेला पोखरा आइपुगकेका हुन ।

पोखरेली मञ्च यू.के म्याराथनको आयोजक भुतपूर्व खेलाडी मञ्च नेपालको अन्तर्राष्ट्रिय सहयोगी संस्था समेत हो । पोखरा म्याराथनलाई गति दिन पोखरेली मञ्च यूकेले ठूलो भुमिका समेत निर्वाह गरिरहेकै बेला उक्त संस्थाको तर्फ बाट म्याराथनलाई सफल बनाउन संयोजकको जिम्मेवारी पाएकी मञ्जु गुरुङ आज पोखरा आइपुगकेकी छन ।

भलिबलकी पूर्व राष्ट्रिय खेलाडी र प्रशिक्षक समेत रहेकी मञ्जु क्यान्सर जस्तो रोगलाई जित्दै खेलकुद र सामाजिक अभियानमा सक्रिय छिन । पोखरा आइपुगेकी मञ्जुलाई भुतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङ, मञ्चका महासचिब खेम गुरुङ, कोषाध्यक्ष मञ्जुलमान श्रेष्ठ, सहारा युकेका प्रमुख सल्लाहकार महेश गुरुङ, सहारा युकेका महासचिब धनु थकाली, कार्य समिती सदस्य बाचस्पती रेग्मी लगाएतले पोखरा विमानस्थलमा स्वागत गरेका थिए ।

पोखरा आइपुगकेकी मञ्जुले पोखरा म्याराथनमा सहभागिता जनाउन पाउनु आफ्नो लागि गौरवको विषय भएको बताइन । उनले भनिन–“मलाई बेलायत बाट पोखरा म्याराथनले बोलायो ।” गत वर्ष समेत क्यान्सर विरुद्धको च्यारिटी दौडमा सहभागी रहेकी मञ्जु यस वर्ष पनि आफ्नो १० किलोमिटर दौडलाई निरन्तरता दिने समेत बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close