
पोखरा स्पोर्ट्स । नेपाली टेनिस खेलाडी अभिलाषा विष्ट डब्लुटीए डब्लु ३५ को मेन ‘ड्र’ मा प्रवेश गरेकी छन् ।
छनोट चरणको महिला सिंगल्समा अभिलाषाले अमेरिकाकी प्रिसा भ्यासलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित गरी मेन ‘ड्र’ मा प्रवेश गरेको नेपाल टेनिस संघका सचिव अजय विष्टले जनाएका छन् ।
केन्याको नयरोबीमा डिसेम्बर २८ देखि सुरु भएको प्रतियोगिता जनवरी ३ तारिखसम्म चल्ने छ । प्रतियोगिताको कुल पुरस्कार राशी २५ हजार अमेरिकी डलर रहेको छ ।
जितपछि उनी प्रतियोगितामा छैटौँ वरीयतामा उक्लिएकी छन् । जारी प्रतियोगितामा उनले भोलि मुख्य ड्रमा प्रतिस्पर्धा गर्नेछिन् । यससँगै उनले डब्लुटीए (WTA) वरीयता हासिल गरेकी छन् र आफ्नो आईटीएफ महिला वरीयतामा पनि सुधार गरेकी छन्।


