भुटानका स्पिनर येशीले टी-२० क्रिकेटमा ८ विकेट लिएर बनाए नयाँ किर्तिमान

पोखरा स्पोर्ट्स ।  भुटानका बायाँ हाते स्पिन बलर सोमन येशीले म्यानमारविरुद्धको टी-२० खेलमा आठ विकेट लिएर नयाँ किर्तिमान बनाएका छन् । उनी टी-२० खेलमा आठ विकेट लिने विश्वकै पहिलो बलर बनेका छन् ।

२२ वर्षीय सोमनले आफ्नो चार ओभरमा केवल सात रन दिए र म्यानमारको शीर्ष क्रमलाई पूर्ण रूपमा ध्वस्त पारेका थिए । पहिले ब्याटिङ गर्दै भुटानले म्यानमारलाई १२७ रनको लक्ष्य दिएको थियो तर जवाफमा म्यानमार ४५ रनमा अलआउट भयो । यससँगै भुटानले पाँच खेलको टी-२० शृङ्खला ५-० ले जित्यो । सोमन येशीले यस सिरिजमा कुल १३ विकेट लिए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार, अहिलेसम्म एक टी-२० खेलमा जम्मा छ बलरले सात विकेट लिएका छन् । यी मध्ये दुई पुरुष खेलाडी छन् भने चार महिला खेलाडी छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close