
पोखरा स्पोर्ट्स । पोखरामा जारी माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिसमा कमल थापाले दोहोरो जित हात पारेका छन् । उनले ६५ वर्ष माथी उमेर समुहको सिंगल्स र डबल्सतर्फ जित हात पारेका हुन् । सिंगल्स फाइनलमा उनले पदम गुरूङलाई ४–२, ४–२ ले पराजित गर्दा डबल्सतर्फ चाम्बा धोन्धुप संग जोडी बनाएका उनले विदुर विष्ट र ध्रुब गुरूङको जोडीलाई फाइनलमा ४–०, ४–१ को सेटमा पराजित गरे ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा मेन्स डबल्स फाइनलमा नेपाल नं १ प्रदिप खड्का र आयुष्मान हजुर घलेको जोडीले फाइनलमा निहाल जङ्ग बहादुर थापा र राजविर प्रधानको जोडीलाई ६–०, ६–१ ले पराजित गरी च्याम्पियन बनेको छ ।
यता महिला ओपनतर्फ सिवाली गुरूङले प्रशंसा मोक्तानलाई ६–०, ६–० ले सेमीफाइनलमा पराजित गर्दै सुनिरा थापा संग फाइनल भिडन्त पक्का गरेकी छन् । सुनिराले प्रकृती श्रेष्ठलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गरिन् ।
यस्तै ५५ वर्ष माथी उत्तम कुमार शेर्पा र दिपेन्द्र प्रधानको जोडीले उपाधि जितेको छ । उनीहरुले बिमल गुरूङ र हिमाल शाहको जोडीलाई पराजित गरेका थिए । पहिलो र दोस्रो सेटमा ६–४, १–६ को बराबरीमा सकिएसँगै सुपर टाइमा पुगेको खेलमा उत्तम र दिपेन्द्रको जोडीले १०–८ ले जित हात पार्न सफल भयो ।
३५ वर्ष माथीको इभेन्ट फाइनलमा जितेन्द्र प्रधान र कुमार अधिकारीको जोडीले फाइनलमा सन्तोष खत्री र भिष्म जङ्ग गुरूङको जोडीलाई ६–४, ६–२ ले पराजित गरी च्याम्पियन भएको छ । बिजेता दुबै पूर्व नेपाल नं १ खेलाडी हुन् ।
४५ वर्ष माथिको फाइनलमा देब क्षेत्री र हिमाल शाहको जोडीले फाइनलमा ७–६, ६–२ ले लेसारी गुरूङ र आशिष सिग्देलको जोडीलाई पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाए ।
यस्तै ओपन मेन्स सिंगल्समा नेपाल नं १ प्रदिप खड्का, आयुष्मान हजुर घले, करन बहादुर थापा, राजविर प्रधानले सेमीफाइनलको यात्रा तय गरेका छन् । सम्पन्न क्वार्टरफाइनलमा प्रदिपले प्रितम परियारलाई ६–१, ६–२ ले, आयुष्मानले निहाल जङ्ग बहादुर थापालाई ६–२, ६–३ ले, करनले दर्शिल श्रेष्ठलाई ६–२, ६–२ले, राजविरले युगेन शेर्पालाई ६–२, ६–१ ले पराजित गरेका छन् ।
यसै गरी ३५ वर्ष माथी सिगल्समा जितेन्द्र परियारले अनिल साईलाई ६–१, ६–३ ले पराजित गर्दै सेमीफाइनल यात्रा तय गर्दा भिष्म जङ्ग गुरूङ, चन्द्र शाही र पेमा नोर्वुले अन्तिम चारमा स्थान तय गरे । खेलमा भिष्मले सोम रानालाई ६–१, ६–० ले, चन्द्रले विमल गुरूङलाई ६–३, ६–३ ले र पेमाले विकाश खड्का लाई ६–४, ६–२ ले पाखा लगाए ।
४५ वर्ष माथी सिंगल्समा कमल भण्डारीले सिजर गुरूङलाई ६–२, ६–० ले र देव क्षेत्रीले रोहित सुनुवारलाई ६–४, ७–५ ले पराजित गरी उपाधि नजिक पुगेका छन् ।
