कास्की भलिबल संघको २५औं साधारणा सभा सम्पन्न

पोखरा स्पोर्ट्स ।  कास्की जिल्ला भलिबल संघको २५औं साधारण सभा आइतबार पोखरामा सम्पन्न भएको छ ।

कास्की जिल्ला भलिबल संघको २५औं साधारण सभाको उद्घाटन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरूङले गरे । उनले सो अवसरमा कास्की खेलकुदमा दर्ता रहेका सबै खेल संघहरुलाई समयमानै साधारण सभा गर्न आह्वान गर्दै साधारण सभा नगर्ने खेल संघहरुलाई परिषदको निर्देशन बमोजिम खारेज गर्ने बताए ।

उनले भने–“अब खेल संघहरु झोलामा होइन । चलायमान हुनु पर्छ । जो जसले नेतृत्व सम्हालेका छन् उनीहरुले खेलकुद ऐन अनुसार चल्न आवश्यक छ”, अध्यक्ष गुरूङले भने–“परिषदले हामीलाई स्पष्ट निर्देशन गरेको छ । अब साधारण सभा नगर्ने खेल संघहरु खारेज हुन्छन् ।”

कास्की जिल्ला भलिबल संघले विगतमा गरेका कार्यहरु प्रशंसनिय रहेको बताउँदै उनले कार्यक्रमहरु आयोजना गर्न खेलकुद समितिले सहकार्य गर्ने समेत अध्यक्ष गुरूङले प्रतिवद्धता जनाए ।

कार्यक्रममा टाइगर ग्रुप पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले वर्तमान परिवेशमा खेलसंघहरु परिचालित गर्न कठिनाई उत्पन्न भइरहेको सन्दर्भमा कास्की जिल्लाले आफूलाई सक्रिय संघको रुपमा उभ्याउन साधारण सभा गरेकोमा धन्यबाद दिए ।

कास्की जिल्ला भबिलल संघका कार्यबहाक अध्यक्ष सञ्जिव जिशीको अध्यक्षतामा सम्पन्न साधारण सभामा महासचिब टंकराज पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने गत चालु आवमा करिव ४२ हजार रुपैयाँ बचत समेत रहेको जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close