गण्डकी प्रदेश छनोट अन्र्तगत भारोत्तोलन खेलाडी छनोट सम्पन्न

पोखरा, ८ फागुन ।
आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशबाट ८ पुरुष र ४ महिला गरी १२ भारोत्तोलन खेलाडी बुधबार छनोट भएका छन् ।

पुरुष ६१ केजीमा पुस्कल थापा र अभिषेक पौडेल, ६७ केजीमा धनबहादुर कार्की, ७३ केजीमा रजत देबाजु र दिपक पुन, ८१ केजीमा भरतबहादुर श्रेष्ठ र पदम बहादुर थापा र ८९ केजीमा भोजबहादुर भुजेल रहेका छन् ।

महिला ४९ केजीमा मानकुमारी राणा, ५९ केजीमा टीकामाया गुरुङ, ६४ केजीमा मनीषा श्रेष्ठ र ७१ केजीमा पुनम परियार छन् । छनोट भएका खेलाडी मध्ये मानकुमारी बाहेक सबै कास्कीका हुन् । मानकुमारी बाग्लुङकी हुन् ।

कार्यक्रममा प्रतिनिधीसभा सदस्य एवम कार्यक्रमकी प्रमुख अतिथी मान कुमारी जिशीले पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठलाई सम्मान गरिन । क्षेत्रिय अध्यक्ष भएको छोटो अवधीमा पनि खेलकुद बिकासमा उल्लेख्य योगदान दिएको भन्दै भारोत्तोलन संघ बागलुङले अध्यक्ष श्रेष्ठलाई सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close