प्रदेश गल्फ संघको अध्यक्षमा विष्ट र कास्की गल्फमा गुरुङ सर्वसम्मत

पोखरा स्पोर्टस । गण्डकी प्रदेश गल्फ संघको अध्यक्षमा इन्द्र धारा विष्ट सर्वसम्मत निर्वाचित भएका छन् ।

पोखरास्थित हिमालयन गल्फ कोर्षमा शनिबार सम्पन्न गण्डकी प्रदेश गल्फ संघको प्रथम अधिवेशनले विष्टलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित विष्ट गण्डकी प्रदेशका पूर्व सांसद समेत हुन् ।

त्यसै गरि कार्यसमितको उपाध्यक्षद्वयमा रमेश गुरुङ र सुनिता राणा, सचिवमा सन्तोष गुरुङ र कोषाध्यक्षमा राजु थकाली रहेका छन् ।

संघको कार्यसमिति सदस्यमा बुद्धिमान गुरुङ, बलराम थापा, जुनी गुरुङ र जुनकाजी गुरुङ सर्वसम्मत भएका छन् ।

शनिबार नै सम्पन्न कास्की जिल्ला गल्फ संघको अधिवेशनले जिवराम गुरुङलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । संघको उपाध्यक्षमा भक्तराज गुरुङ र बालकाशी गुरुङ, सचिवमा प्रज्वल गुरुङ, कोषाध्यक्षमा लाल बहादुर गुरुङ र कार्यससमिति सदस्यमा दिपक पहारी, विजय मोक्तान, लिला जङ्ग गुरुङ र टिका गुरुङ रहेका छन् ।

यस अघि अधिवेशनको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकले गण्डकी प्रदेशमा पदकको सम्भावना भएको गल्फमा खेलाडी उत्पादनमा विशेष जोड दिन आग्रह गरे । उनले नयाँ योजना र उर्जाका साथ अघि बढ्ने संगै परिषदले तय गरेका निति तथा कार्यक्रमहरुमा एकतावद्ध भई गल्फ खेलको विकास र प्रवर्द्धनमा लाग्नु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा कास्की जिल्ला खेलकुद विकास समितका सदस्य केशव बहादुर थापा, नेपाल गल्फ संघका केन्द्रिय सदस्य एवं निर्वाचन समितिका संयोजक भु बहादुर गुरुङ, पूर्व सांसद एवं गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष विष्टले सो अवसरमा आफ्ना भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close