राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कपमा अनुस्काले जितिन तेस्रो स्वर्ण

पोखरा स्पोर्ट्स । पोखरा रंगशालामा जारी १६औं राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा अनुस्का अधिकारीले तेस्रो स्वर्ण पदक हात पारेकी छन् ।

एथलेटिक्सकी अनुस्काले शुक्रबार सम्पन्न २०० मिटर दौडमा स्वर्ण पदक जितेसँगै जारी प्रतियोगितामा उनले तेस्रो स्वर्ण पदक हात पारेकी हुन् ।

उनले १०० मिटर दौड र लङ जम्पमा समेत स्वर्ण पदक जित्दै आफूलाई जारी प्रतियोगितामा सर्वोत्कृष्ट एथलेटको रुपमा स्थापित गरेकी छन् ।

शुक्रबार छात्रतर्फ २०० मिटर दौडमा सगरमाथा माविकी अनुस्काले २७.५६ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जित्दा उनकी प्रतिस्पर्धी त्रिवेणी पब्लिककी एन्जल अधिकारीले ३०.३८ सेकेण्डमा दौड पुरा गरी रजत तथा कास्की मोर्डनाइज्डकी शिक्षा खडकाले ३०.८५ सेकेण्डमा दौड पुरा गर्दै काश्य पदक जितिन् ।

यसै गरी छात्र २०० मिटरमा हार्वड एकेडेमीका सुदिप भण्डारीले २२.९९ सेकेण्डको समयमा दौड पुरा गरी स्वर्ण पदक हात पारेका छन् । उनका प्रतिस्पर्धी न्यूग्यालेक्सीका प्रज्वल खड्काले २४.९३ सेकेण्डमा दौड पुरा गर्दै रजत तथा सैनिक आवासिय माविका बिशाल अधिकारीले २५.१५ सेकेण्डको समयमा दौड पुरा गरी काश्य पदक जिते ।

यस्तै छात्र ८०० मिटर दौडमा कालिका माविका अतित थापा मगरले २ मिनेट ६.८९ सेकेण्डमा दौड पुरा गरी स्वर्ण, कालिका माविका सुजन नेपालीले २ मिनेट ७.२५ सेकेण्डमा दौड पुरा गरी रजत तथा पश्चिमाञ्चालका रोशन पन्तले २ मिनेट ०७.७६ सेकेण्डमा दौड पुरा गर्दै काश्य पदक जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close