२२औँ माछापुच्छ्रे टेनिस भोलीबाट, तयारी पुरा, १२ इभेन्ट-लाखौँको पुरस्कार

पोखरा स्पोर्ट्स । अन्नपूर्ण र माछापुच्छ्रे हिमश्रृंखलाको काखमा अवस्थित सुन्दर पर्यटकीय नगरी पोखरालाई खेल पर्यटनको माध्यमबाट विश्वसामु चिनाउने उद्देश्यसहित कास्की जिल्ला टेनिस संघले २२औँ माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता–२०८२ आयोजना गर्ने भएको छ ।

प्रतियोगिता आगामी २०८१ साल पौष ११ देखि १५ गतेसम्म सञ्चालन हुने जनाएको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाउँदै विगतका वर्षहरूमा झैँ यस वर्ष पनि प्रतियोगिताले राष्ट्रिय तथा भेट्रान्स खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको जनाएको छ । पोखरामा सञ्चालन हुने प्रतियोगिताहरु मध्ये माछापुच्छ्रे टेनिस सबै पुरानो र निरन्तर आयोजना हुने प्रतियोगिता मध्येको एक हो ।

प्रतियोगितामा नेपालसहित भारत, भुटानलगायत देशका खेलाडीहरुले सहभागिता जनाएका छन् ।

१२ इभेन्टमा प्रतिस्पर्धा
प्रतियोगितामा मेन्स तथा उमन्स सिंगल्स र डबल्ससहित ३५ं, ४५ं, ५५ं र ६५ वर्ष माथिका भेट्रान्स खेलाडीहरूका लागि गरी जम्मा १२ वटा इभेन्ट समावेश गरिएका छन्।

आकर्षक पुरस्कार राशि
ओपन मेन्स/उमेन्स सिंगल्स
विजेताः रु ८० हजार ।
उपविजेताः रु ४० हजार ।
सेमिफाइनलिस्टः रु २० हजार ।

मेन्स/उमेन्स डबल्स
विजेताः रु ३० हजार ।
उपविजेता : रु १५ हजार ।
सेमिफाइनलिस्टः रु १० हजार ।

भेट्रान्सतर्फ
३५ वर्ष माथि सिंगल्सः विजेता रु ६० हजार र उपविजेता रु ३० हजार ।
४५ वर्ष माथि सिंगल्सः विजेता रु ४० हजार र उपविजेता रु २० हजार ।
५५ वर्ष माथि सिंगल्सः विजेता रु ३० हजार र उपविजेता रु १५ हजार ।
६५ वर्ष माथि सिंगल्सः विजेता रु १५ हजार र उपविजेता रु ७ हजार ५ सय ।

डबल्सतर्फ सम्बन्धित उमेर समूहअनुसार विजेता, उपविजेता तथा सेमिफाइनलिस्टलाई नगद पुरस्कारसहित ट्रफी र मेडल प्रदान गरिनेछ ।

खेल पर्यटन प्रवर्द्धनमा टेवा
आयोजक कास्की जिल्ला टेनिस संघले प्रतियोगिताले पोखराको खेल पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि सञ्चार माध्यमको निरन्तर सहयोग र सद्भावको अपेक्षा गरेको छ ।

पोखरामा हुने यो प्रतिष्ठित प्रतियोगिताले राष्ट्रिय टेनिस गतिविधिमा थप ऊर्जा थप्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close