कोशीका क्रिकेट खेलाडी मिनेश थापाको दुर्घटनामा निधन

पोखरा स्पोर्ट्स ।  कोशी प्रदेशका प्रतिभाशाली क्रिकेट खेलाडी मिनेश थापाको दुर्घटनामा परी असामयिक निधन भएको छ ।

विराटनगरमा भएको दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा निधन भएको हो । 

थापाको निर्धनप्रति नेपाल क्रिकेट संघ (क्यान) ले दुख व्यक्त गरेको छ । क्यानले भनेको छ- ‘कोशी प्रदेशका कुशल तथा प्रतिभाशाली क्रिकेट खेलाडी मिनश थापाको दुर्घटनामा परी भएको असामयिक निधनको दुःखद खबरले नेपाल क्रिकेट संघसहित सम्पूर्ण क्रिकेट परिवारलाई गहिरो शोकमा डुबाएको छ । दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, आफन्तजन तथा खेलप्रेमीहरूलाई यो अपार दुःख सहन सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close