नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागिता जनाउँदै

पोखरा स्पोर्ट्स । नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा सहभागिता जनाउन लागेको छ ।

भारतीय आईस स्केटिङ संघको आयोजनामा तथा एसियाली आईस स्केटिङ महासंघ (एसयु) र अन्तर्राष्ट्रिय स्केटिङ महासंघ (आएसयु) को सहकार्यमा हुने शर्ट ट्र्याक स्पीड आईस स्केटिङ प्रतियोगितामा नेपालबाट ६ खेलाडीले सहभागिता जनाउने भएका छन् ।

आगामी पुष १२ देखि १४ गतेसम्म भारतको देहरादुनस्थित महाराणा प्रताप स्पोर्ट्स कम्प्लेक्समा रहेको हिमाद्री अन्तर्राष्ट्रिय आईस स्केटिङ रिंङ्ग सेन्टरमा प्रतियोगिता आयोजना हुनेछ । उक्त प्रतियोगितामा नेपालबाट २ जना महिला र ४ जना पुरुष खेलाडी सहभागी हुने नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले जानकारी दिएका छन् ।

नेपालका तर्फबाट सिनियर पुरुष १००० मिटर स्पर्धामा रमेश मोक्तान र अरुण खत्वे, जुनियर महिला ५०० मिटरमा परी गुरागाईं र अल्का घिमिरे, तथा जुनियर पुरुष २५० मिटरमा जेभियर जंग थापा र सायोन अर्यालले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।

त्यस्तै, प्रतियोगितामा रुम्पा सन्जु श्रेष्ठ टिम म्यानेजर तथा संघका महासचिव सत्य थापा अफिसियलका रूपमा सहभागी हुनेछन् ।

नेपालका आईस स्केटिङ खेलाडीहरूको टोलीलाई विदाइ गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस ऐतिहासिक सहभागितालाई नेपालका लागि गौरवको विषय भएको बताए । उनले आईस स्केटिङ शीतकालीन ओलम्पिक खेलअन्तर्गत पर्ने र नेपालको भूगोलअनुकूल खेल भएकाले भविष्यमा नेपालले यस खेलमार्फत पदक जित्न सक्ने विश्वास व्यक्त गरे ।

उल्लेखनीय छ के छ भने नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ अन्तर्राष्ट्रिय स्केटिङ महासंघको आवेदक राष्ट्रिय संघका रूपमा मान्यता प्राप्त संघ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close