
पोखरा स्पोर्ट्स । इङलिश प्रिमियर लिग अन्तर्गत एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडमाथि जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
एस्टन भिल्लाको जितमा दुवै गोल मोर्गन रोजर्सले गरेका थिए । त्यस्तै म्यानचेस्टर युनाइटेडका लागि एक गोल माथेस चुन्हाले गरेका थिए ।
यो जितपछि एस्टन भिल्ला लिगमा १७ खेलमा ३६ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेड भने १७ खेलमा २६ अंकसहित सातौं स्थानमा रहेको छ ।
