नवलपुरमा ‘आलोक स्मृति म्याराथन’ प्रतियोगिता हुदै, तयारी सुरू

पोखरा स्पोर्ट्स । नवलपुरमा पहिलो पटक आलोक स्मृति म्याराथन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धनमा सो म्याराथन यहि पौष १२ गते हुन लागेको हो ।

नवलपुरमा पहिलो पटक आयोजना हुन लागेको सो म्याराथन ४२.१९५ किमि, १० किमि दौड, तथा दौडिन्छ नवलपुर ५ किमि गरी तीन छुट्टा–छुट्टै प्रतिस्पर्धा हुने गरी तय गरिएको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले जानकारी दिएका छन् ।

म्याराथन अन्तर्गत पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश नगद रु ५० हजार, ३० हजार २० हजार तथा चौथो र पाँचौ स्थान प्राप्त गर्ने धावकलाई समान नगद रु ५–५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने सदस्य सचिब शर्माले जानकारी दिए ।

प्रतियोगितामा सात प्रदेश, तीन विभागिय टिम तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका धावकहरुको सहभागिता हुने जिल्ला खेलकुद समिति नवलपुरका अध्यक्ष सेत बहादुर पुनले बताएका छन् । प्रतियोगितामा सहभागिताका लागि यहि १० गते सम्म खेलाडीले नाम दर्ता गर्न सक्ने अध्यक्ष पुनले जानकारी दिए । 

सो म्याराथन नवलपुरको कावासोतीबाट सुरू भई डन्डा बजार, आलोक चक्रपथ, हुप्सेकोट, मध्यविन्दु नगर पालिका, राइनो खेलमैदानहुँदै पुन कावासोतीमा पुगेर सम्पन्न हुनेछ ।

प्रतियोगिताले निर्मार्णाधिन आलोक चक्र पथ सम्पन्न गर्न सम्वन्धित निकायको ध्यानकृष्ट गराउन खेलमार्फत पर्यटन प्रवर्द्धन, बन्यजन्तुको संरक्षण गर्ने सँगै स्थानिय समुदायमा रहेको संस्कृति उजागर गर्ने उद्धेश्य रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close