साफ महिला क्लब च्याम्पियनसिप: आज फाइनलमा एपीएफ र इस्ट बङ्गाल भिड्दै

पोखरा स्पोर्ट्स ।  साफ महिला क्लब च्याम्पियनसिपको फाइनल आज हुदैछ । 

फाइनलमा नेपालको एपीएफ क्लब र भारतको इस्ट बङ्गाल भिड्दैछन् । फाइनल खेल नेपाली समय अनुसार साँझ ५ बजेदेखि दशरथ रंगशालामा हुदैछ ।

यसअघि खेलिएका लिग चरणका खेलमा एपीएफ र इस्ट बङ्गाल दुवै अपराजित रहेका छन् । इस्ट बङ्गालले ४ खेलमा ३ जित र एक बराबरी खेल्दै १० अंक हासिल गरेको थियो भने एपीएफले ४ खेलमा २ जित र बराबरी खेल्दै ८ अंक हासिल गरेको थियो ।

यस अघि लिग चरणमा भएको दुवैबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो । यो साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close