
पोखरा स्पोर्टस । गण्डकी विश्व विद्यालयल शुरु गर्न लागेको स्नताक तहमा Bachelor in Information Technology (BIT) र Bachelor in Sports Management(BSM) खेलकुदका लागि सबैमा भर्नाका लागि चासो जागेको बताएका छन ।
नेपालमा नै पहिलो पटक स्नातक तहमा खेलकुद (बिएसम) र सूचना प्रविधी (बिआइटी अध्ययन अध्यापनका लागि भर्ना अभियान शुरु गरेको विश्वविद्यालयमा चासो बढेको उपकुलपती देवकोटाले जनाएका हुन । भर्ना अभियानको सेरोफेरोमा आफ्ना भनाई राख्दै उपकुलपती देवकोटाले विश्वविद्यालयले पहिलो पटक शुरु गरेको यि दुवै विषयहरु चार वर्षे कोर्षका रुपमा रहेको बताए । उनले भने–“अहिले नेपालका विभिन्न जिल्लाबाट धेरै अभिभावकहरु आफ्ना छोरा छोरीलाई भर्नाका लागि इच्छुक भएका छन ।”
नेपाल लगायत विश्वका कुनै पनि ठाउँ बाट भर्ना हुन चाहेमा अनलाईन मार्फत गर्न सकिने जानकारी दिंदै उपकुलपती देवकोटाले कुनै पनि अप्ठ्यारो परिस्थितीमा आफ्ना स्वदेश तथा विदेशबाट समेत स्रोत साधनहरु उपलव्ध गराउँदै पठन पाठनमा अघि बढाएर विद्यार्थीहरुको भविष्य सुनिश्चित गराउन तर्फ विश्वविद्यालय अघि बढेको बताए । उनले भने–“अहिले जसरी भर्नाका लागि चासो बढेको छ, यो विश्वविद्यालयका लागि निकै सुखद कुरा हो, जसरी उनीहरुले हामीलाई विश्वास गर्दैछन हामी उनीहरुको भविष्य पनि सुनिश्चित गर्नुपर्छ”, उनले थपे–“अर्को तर्फ पठन पाठनको गुणस्तरलाई समेत कायम गर्ने भन्ने विषयमा हामी अनुसन्धान मुलक ढङ्गले अघि बढेका छौं ।”
कुनै पनि नयाँ कुरामा पाइला चाल्दा निकै सोच्नु पर्ने विषय भएको बताउँदै उपकुलपती देवकोटाले पोखरा आफैमा खेलकुदको राजधानीको रुपमा परिचित र धेरैले खेलकुदलाई माया पनि गर्ने ठाउँ पनि यहाँको यूवाहरुमा खेलकुद तर्फको आकर्षण भएकोले विश्वविद्यालयले धेरै छलफल र बहस पछि खेलकुदको विषयलाई अघि बढाएको बताए । “धेरै विद्यार्थीहरुलाई खेलकुदबाट आफ्नो भविष्य सुनिश्चित गर्नका लागि समेत यो सुनौलो अवसर हो”, उनले भने–“खेलकुद व्यवस्थापन गर्ने पूर्णकालिन चार वर्षे कोर्ष होे, यसले आफ्नो दक्षता हासिल गर्दै भविष्य सुनिश्चित गर्न ढोका खोलेको छ ।”
विश्वद्यिालयले विभिन्न देशमा रहेका कलेजहरु संग सम्वन्ध विकास र सहकार्य गर्ने तर्फ अघि बढिरहेको बताउँदै योे कोर्ष अन्य भन्दा धेरै फरक रहेको उपकुलपती देवकोटाले बताए । चार वर्षे स्नताक तहको अध्ययन पछि माष्टर्स तहमा जुन सुकै विषयमा समेत अध्ययन गर्न सक्ने हिसावले बनाइएको उनले बताए । उनले भने–“राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तरको जुन सुकै विश्वविद्यालय वा कलेजमा जुन सुकै विषयमा माष्टर्स तहमा अध्ययन गर्न यसले छेक्दैन ।” अध्ययन पछि खेलकुदको जुन सुकै संस्थामा व्यवस्थापकिय हिसावले नेतृत्व गर्न सक्षम जनशक्ती उत्पादन हुने बताउँदै उपकुलपति देवकोटाले अवसरका दृष्टिकोणले समेत विश्वविद्यालयले सुरु गरेका दुवै विषयहरु उत्तिकै महत्वपूर्ण रहेको बताए ।
कुराकानीमा आधारित
