‘सुभाष श्रेष्ठ’लाई ब्याडमिन्टन संघको जिम्मेवारी, ह्याण्डबलमा केसी

पोखरा स्पोर्टस । नेपाल ब्याडमिन्टन संघका पूर्व उपाध्यक्ष समेत रहेका सुभाष श्रेष्ठलाई संयोजक तोकिएको छ । यसै गरी नेपाल ह्याण्डबल संघका पूर्व वरिष्ठ उपाध्यक्ष राम कृष्ण केसीलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय खेलकुद परिषद राखेपको शुक्रबार काठमाण्डौमा सम्पन्न १२२ औं बोर्ड बैठकले यस अघि गठित विभिन्न ६ खेल संघहरुलाई विघटन गर्दै सात खेल संघमा संयोजकको जिम्मेवारी दिएको हो ।

राखेपले नेपाल ओलम्पिक कमिटिको निर्वाचनमा सहभागि रहेका खेल संघहरुलाई कार्वाहीको दायरामा ल्याएको थियो । ब्याडमिन्टन संघमा लामो समय देखि अनियमितता लगायतका समाचार संगै अध्यक्ष रामजी बहादुर श्रेष्ठले केही महिना अघि काठमाण्डौमा अधिवेशन सम्पन्न गरेको बताउँदै आफूलाई अघोषित अध्यक्षको रुपमा दाबी गर्दै आएका थिए । तर राखेपले सो अधिवेशनलाई लाई समेत राखेपले अवैध रहेको बताएको थियो । अध्यक्ष श्रेष्ठ राखेपको निर्णय विरुद्ध उच्च अदालत पाटनमा मुद्धा दर्ता गरे अदालतले अन्तरिम आदेश नहुने निर्णय गरेको छ ।

अध्यक्ष श्रेष्ठ विरुद्ध लामो समय देखि आवाज उठाउँदै आएका सुभाष श्रेष्ठलाई राखेपले संयोजकको जिम्मेवारी दिएको छ । उनी यस अघि राखेपको बोर्ड सदस्य समेत रहेका थिए ।

त्यसै गरी नेपाल ह्याण्डबल संघको संयोजकको जिम्मेवारी पाएका केसी यस अघि संघको बरिष्ठ उपाध्यक्ष थिए । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघले यस अघि राखेपले गठन गरेको संघ अवैध रहेको भन्दै नेपाल ओलम्पिक कमिटिको रोहबरमा राखेपले पुनः सभासद रहेकी कुशुम श्रेष्ठको संयोजकत्वमा ७ सदस्यिय समिति गठन गरेको थियो । सो समितिले समेत एक वर्ष बित्दा समेत निर्वाचन गराउन सकेन । गत फागुन ३० गते काठमाण्डौमा बोलाइएको निर्वाचनमा संयोजक श्रेष्ठले गरेको निर्वाचन प्रक्रिया विरुद्ध समितिकै सदस्यहरुले प्रश्न उठाएका थिए भने विभिन्न प्रदेश संघहरुले निर्वाचन बहिस्कार गरेका थिए ।

करिव ८ वर्ष देखि अधिवेशन हुन नसकी यथास्थितीमा रहेको नेपाल ह्याण्ठबल संघको समयमा निर्वाचन नहुँदा खेलाडीहरुले समस्या भोगेका छन् । नेपालमा लोकप्रिय खेलको रुपमा रहेको ह्याण्डबल खेल दक्षिण एसियाली खेलकुदमा पदक बिजेता समेत हो ।

यसै गरी नेपाल साइक्लिङ संघको संयोजकमा सुदिप पौडेललाई जिम्मेवारी दिइएको छ । उनी यस अघि संघको वरिष्ठ उपाध्यक्ष थिए । उनी अधिवक्त समेत हुन् । नेपाल भारोत्तोलन संघको संयोजक बनेका कानन चौधरी यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीका निकट हुन् भने यस अघि नेपाल टेनिस संघको महासचिब रहेका मनोहरदास मुललाई संयोजकको जिम्मेवारी राखेपले दिएको छ ।

यस्तै नेपाल जिम्न्यष्टिक संघको संयोजकमा ध्रुब बहादुर प्रधानलाई पुनः जिम्मेवारी दिइएको छ । लामो समय देखि जिम्न्यष्टिक संघको निरन्तर अध्यक्ष रहेका प्रधान नेपाल ओलम्पिक कमिटिका पूर्व अध्यक्ष समेत हुन् । खेलकुदको जननीको रुपमा रहेको एथलेटिक्स संघको जिम्मेवारी पुनः राजिव विक्रम शाह लाई संयोजकको पुनः जिम्मेवारी दिएको छ ।

शाह विगत ९ वर्ष देखि निरन्तर अध्यक्ष पदमा आशिन छन् । कर्णाली प्रदेशका मन्त्री समेत रहेका शाहलाई राखेपले यस अघि निर्वाचन गराउन नसकेको भन्दै कार्वाही समेत गरेको थियो । राखेपले नै निलम्वन गरेको शाहलाई जिम्मेवारी दिइदा एथलेटिक्स जगत समेत अचम्भित बनेको छ । उनले आफ्नो कार्यकालमा एक पटक पनि साधारण सभा नगरेको आरोप समेत उनीहरुले लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close