राष्ट्रपति पौडेल द्वारा ‘किन्डर ओलम्पिक’को मस्कट अनावरण

पोखरा स्पोर्ट्स । राष्ट्रपति रामचन्द्र पौडेलले एनएसएसएफ १३ औं किन्डर ओलम्पिकको मस्कटको अनावरण गर्नुका साथै किन्डर ओलम्पिकको टर्च शुक्रबार हस्तान्तरण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले मस्कटको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई टर्च हस्तान्तरण गरेका हुन् ।

नेपाल विद्यालय खेलकुद महासंघको आयोजनामा किन्डर ओलम्पिक पुसको १२ र १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । किन्डर ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुने छ ।

अध्यक्ष श्रेष्ठले विद्यालय खेलकुद महासंघ मार्फत नेपालले सहभागिता जनाएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपलब्धी र विविध गतिविधि बारे प्रकाश पारेका थिए ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, विद्यालय खेलकुद महासंघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close