बेगनास किनारमा प्रथम सेभेन ए साईड वेगनास कप २०७५ शुरु

पोखरा, १२ फागुन ।
पोखरा ३१ वेगनासताल किनारमा आईतवार देखि सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ ।

उद्घाटन खेलमा आयोजक बेगनास बि समुहले पहिलो जित दर्ता गरेको छ । सिर्जना वहिरा मावी संग टाई ब्रेकरमा ८–७ को कठिन जित निकालेको हो ।

त्यसै गरि दोश्रो खेलमा लामा गाउँ बि समुहले प्रगती फुटबल क्लव कास्कीकोट लाई २–१ गोल अन्तरले पाखा लगायो । यसै गरि आइतबार नै सम्पन्न तेश्रो खेलमा बाराही बेगनास लाई आयोजक वेगनास टिम सि ले १–० गोल अन्तरले पराजित गरेको हो ।

सोमबार सात बटा खेल सम्पन्न हुने प्रतियोगिताका संयोजक सुरेन्द्र पुनले जानकारी दिएका छन् । ‘सभ्यता र संस्कृतिका लागि खेलकुद’ भन्ने उद्देश्यका साथ वेगनास युवा क्लवले पहिलो पटक फुटबल आयोजना गरेको हो ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरका प्रमुख मान वहादुर जिसिले खेलकुदको विकासका लागि महानगर सधै तयार रहेको वताए । ‘वेगनास युवा क्लवले गरेको हरेक कार्यमा महानगरको सधैं साथ र सहयोग रहने छ’ उनले प्रतिबद्धता व्यक्त गर्दै भने ।

त्यस्तै गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख विरेन्द्र कुमार वस्यालले युवा हरुलाई सहि वाटो तर्फ लैजानका लागि यस्ता प्रतियोगिता फलदायी हुने वताए । कार्यक्रममा ईप्रका प्रमुख चित्राङत वराल, वडा नं ३१ का वडाध्यक्ष कमल थापा लगायत बोलेका थिए ।

प्रतियोगिताको विजेताले रु १,०५,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले रु ५५,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने तेश्रो पुरस्कारमा रु १५,५५५ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीले ८ हजार उच्च गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट गोल रक्षकले रु ५ हजार जनही प्राप्त गर्नेछन । अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता संचालन गर्न रु ८ लाख ५० हजार खर्च लाग्ने र ९ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close