राखेपमा सदस्य सचिव र सदस्यहरु विच संवादहिनताको अन्त्य गर्दै एक भएर अघि बढ्ने सहमती

पोखरा स्पोर्टस । नेपाली खेलकुदको छाता संस्था राष्ट्रिय खेलकुद परिषद (राखेप)मा सदस्य सचिव र सदस्यहरु विच संवादहिनताको अन्त्य गर्दै एक भएर अघि बढ्ने सहमती भएको छ ।

केही दिन अघि राखेपका सदस्य सचिव रमेश कुमार सिलवाल, सदस्य द्वय सुभाष श्रेष्ठ र सम्पन्न श्रेष्ठ विच भएको विवादले उग्र रुप लिए पछि आज भएको अनौपचारिक छलफलमा यस्तो सहमती भएको हो । राजधानीमा उपलव्ध रहेका एक दर्जन राखेप सदस्यहरुका विच भएको औनपचारिक छलफलमा केही असमझदारीका कारण भएको विवाद अन्त्य गरी नेपाली खेलकुद विकासका लागि एक ढिक्का भएर अघि बढ्ने सहमती गरिएको छलफलमा सहभागी एक राखेप सदस्यले पोखरा स्पोर्टसलाई बताए ।

उक्त छलफलमा सहभागी राखेपका सदस्य रिम बहादुर रानाभाटले असमझदारीका कारण भएको विवाद अन्त्य भएको बताउँदै भने–“सवै कुरा पारदर्शी, कानुन सम्मत, एक आपसमा छलफल तथा सहमतीमा एक ढिक्का भएर अघि बढ्ने कुरामा हामी सबैले जोड दियौं ।” छलफलमा खेलकुद नियमावलीलाई यथासिघ्र अगाडी बढाउने तथा कम्तिमा पनि १५ दिनको एकपटक परिषद सदस्यहरुका विच औनपचारिक छलफलहरु समेत अघि बढाउने सहमती भएको राखेपका सदस्य सम्पन्न श्रेष्ठले बताए । उनले भने–“केही असमझदारी थिए, त्यसको अन्त्य आज बाट भएको छ, हामी एक ढिक्का भएर खेलकुदको विकासका लागि अघि बढ्छौ ।”

त्यस्तै अर्का राखेप सदस्य सुभाष श्रेष्ठले छलफल निकै सौहार्दरुपमा भएको बताउँदै विविध कारणले वोर्डको बैठक बस्न नसके पनि आज औनपचारिक छलफलले एक जुट भएको सन्देश आफूले महशुस भएको बताए । “कोभिड १९ लगायतका कारणले हामी सदस्य सचिवज्यू र सदस्यहरु विच कुनै छलफल हुन सकेको थिएन आज भयो, यो सकारात्मक कुरा हो,” उनले थपे–“अव आगामी दिनमा पनि आजका जस्तै भेटघाट र छलफलहरु हुने सहमती हामीले गरेका छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close