रश्मिको गोलमा कराची सिटीमाथि एपीएफ विजयी

पोखरा स्पोर्ट्स । साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत एपीएफ क्लबले  पाकिस्तानको कराची सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो । 

आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफको जितमा खेलको ५२औं मिनेटमा रश्मि घिसिङले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

जारी प्रतियोगितामा एपीएफले ३ खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गरेको छ र अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । एपीएफले पहिलो खेलमा बंगलादेशको नासरिन क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरी खेलेको थियो । 

अब एपीएफले अर्को खेल डिसेम्बर १७ मा भारतको इस्ट बङ्गाल क्लबसँग खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close