पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिताको तयारी पुरा, ८० खेलाडीहरुको सहभागिता

पोखरा स्पोर्ट्स । पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता २०८२ को तयारी पुरा भएको छ । सो प्रतियोगिता कास्की जिल्ला गल्फ संघको आयोजनमा यहि पुष ४ र ५ गते हुने भएको हो । विश्वकै उत्कृष्ट गल्फकोर्ष हिमालयन गल्फ कोर्षमा आयोजना हुने सो प्रतियोगितामा देशभरीका २५ टिमसहित ८० जना गल्फरहरुको  सहभागिता हुने कास्की गल्फका अध्यक्ष जिवाराम गुरूङले जानकारी दिएका छन् ।

प्रतियोगिताको तयारी बारे जानकारी दिंदै अध्यक्ष गुरूङले स्ट्रोक प्ले, स्टेबल फोर्ड र ह्याण्डीक्याप फर्म्याटमा प्रतियोगिता आयोजना हुनेछ ।

प्रतियोगिता टिम इभेण्ट पुरुषतर्फ पहिलो, दोस्रो तथा तेस्रोहुनेलाई क्रमश नगद रु ५०, ३०, र २० हजार नगदका साथमा ट्रफी प्राप्त गर्नेछन् भने महिला खुल्ला तर्फ १० र ५ हजार, सिनियरतर्फ १० हजार नगद पुरस्कार एवं नेटतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश नगद रु १५, १० र ५ हजार नगद प्रदान गरिने उपाध्यक्ष भक्तराज गुरूङले जानकारी दिएका छन् ।

त्यस्तै ग्रसतर्फका पहिलो र दोस्रो हुनेलाई क्रमश नगद रु १५ र १० हजार, नियर टु होललाई नगद रु ५ हजार, लंङ्गेष्ट ड्राइभलाई नगद रु ५ हजार तथा हाइएष्ट बर्डीलाई नगद रु ५ हजार प्रदान गरिने छ ।

सो प्रतियोगितामा अमेरिका, यूके, सिङ्गापुरलगायतका देशका गल्फरहरु सहभागिता जनाउन आउने भएका छन् । प्रतियोगितामा पोखरा काठमाण्डौ, धरान, महोत्तरीलागयत गल्फ क्लबका एमेच्योर गल्फरहरुको सहभागिता रहनेछ । प्रतियोगितामा ४ महिलासहित पोखराका २० खेलाडीहरुले समेत सो प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका लागि सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, जिल्ला खेलकुद विकास समिति कास्की, नेपाल गल्फ संघ, प्रदेश गल्फ संघ र हिमालयन गल्फ क्लब पोखराको सहकार्य एवं सहयोग रहेको जिल्ला गल्फ संघले जनाएको छ ।

पत्रकार सम्मेलनमा कास्की गल्फका कोषाध्यक्ष क्या.लाल बहादुर गुरूङ, भू बहादुर गुरूङलगायतको सहभागिता रहेको थियो ।

यता पोखरा रंगशालामा निर्माणधिन अवस्थामा रहेको गल्फ एकेडेमी निर्माणका लागि हाल सम्म १८ लाख खर्च भएको जनाउदै खेल्ने लायक गरी बनाउन अझै केही समय लाग्ने कास्की गल्फ संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close