यू–१९ एशिया कप: श्रीलंकासँग नेपाल ८ विकेटले पराजित

पोखरा स्पोर्ट्स ।   नेपाल एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गतको खेलमा श्रीलंकासँग पराजित भएको छ । शनिबार सम्पन्न खेलमा श्रीलंकाले नेपाललाई ८ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको ८३ रनको लक्ष्य पछाएको श्रीलंकाले १४.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल २८.३ ओभरमा अल आउट हुदै ८२ रन मात्र बनाएको हो । नेपालका लागि किब्रिन श्रेष्ठले सर्बाधिक १८ रन बनाए भने सहिल पटेलले १२ र निरज कुमार यादवले १० रन बनाएका थिए । त्यस्तै श्रीलंकाका बलर सेथमिका सेनेभिराथेले ५ विकेट लिएका थिए ।

प्रतियोगितामा अब नेपालले डिसेम्बर १५ मा दोस्रो खेल बंगलादेशसँग र डिसेम्बर १७ मा तेस्रो खेल अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close