२०औं जेपी क्रस छात्र/छात्रा बास्केटबल पोखरामा सुरू

पोखरा स्पोर्टस । २०औं जेपी क्रस विद्यालयस्तरिय छात्र/छात्रा बास्केटबल पोखरामा बिहिबारबाट रंगशालाको बास्केटबल कोर्टमा सुरु भएको छ । कास्की जिल्ला बास्केटबल संघको आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको पहिलो दिन छात्रातर्फका पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् ।

लिग कम नक आउटका आधारमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच बरिष्ठ समाजसेवी एवं बृटिश सेनाका कर्नल (रि) जेपी क्रसले गरेका छन् । कर्नल (रि) जेपी क्रसले विद्यार्थीहरुलाई खेलकुदमार्फत शारीरिक र मानसिक रुपमा बलियो बनाउने उद्धेश्यका साथ आफ्नो नाममा स्थापित सो प्रतियोगितामा सहयोग समेत् गर्दै आएका छन् ।

उनी यहि पौष १५ गते १०२औं वर्षगाँठ मनाउने तयारीमा छन् । आफू १० कक्षा पढ्दा पढ्दै यूद्धमा होमिएका उनले आफ्नो यात्रामा २६ वटा पुस्तक समेत प्रकाशन गरेका छन् ।

उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद परिषदका निवर्तमान उपाध्यक्ष एवं प्रदेश बास्केटबल संघका अध्यक्ष धोज कुमार गुरुङ, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरूङ, प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमलगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

सो प्रतियोगिता कास्कीका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरि प्रतियोगिता सञ्चालन हुदै आएको छ । उक्त प्रतियोगिता मंसिर २७ गते सम्म सञ्चालन हुने छ । २०औं संस्करणमा कुल ४२ छात्र तथा छात्रा टोलीहरूले सहभागिता जनाएका छन् । दुवैतर्फ प्रथम पुरस्कार २० हजार, द्वितीय १० हजार र तेस्रो पुरस्कार ५ हजार रुपैयाँ निर्धारण गरिएको छ । प्रतियोगिताको बेस्ट प्लेयर र हाइस्कोररलाई विशेष आकर्षक पुरस्कार प्रदान गरिने छ ।

पहिलो दिन सम्पन्न खेल छात्रतर्फ न्यू ग्यालेक्सीले विन्देश्वरीलाई ३२–२७ ले, टप्सले जीबीएसलाई ३३–२३ ले, मासले गण्डकी आदर्शलाई २६–१४ ले, फिस्टटेलले कुमुदिनीलाई २४–१६ ले, एसएभीले शान्ति निकुञ्जलाई २६–९ ले, त्रिवेणीले केएमएलाई २५–११ ले तथा विन्देश्वरीले बालकल्याणलाई १९–६ ले पराजित गरे । त्यस्तैछात्रातर्फ एसएभीले फिस्टटेललाई १२–९ ले तथा बिएमजीले ग्लोबललाई १२–८ ले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close