
पोखरा स्पोर्ट्स । बहराइनमा हुने तेश्रो एसियाली युथ गेम्समा नेपालबाट ५ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता कात्तिक ५ देखि १४ गतेसम्म हुनेछ ।
प्रतियोगितामा ब्याडमिन्टनमा सविना श्रेष्ठ, गल्फमा रुवेन थापा, जुडोमा समिता नेपाली, मुवाँथाईमा पलेस्था कक्षपति र गेन्जी राई तथा पौडीमा अथर्व सिंह र आर्या महर्जनले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
अफिसियलमा तिलक पाण्डे (ब्याडमिन्टन), ध्रुवबाबु थापा (गल्फ), देवकीमाया श्रेष्ठ (जुडो), भूपेश शाक्य (मुवाँथाई) र नयना शाक्य (पौडी) रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव एवं राखेपका सदस्य रामचरित्र मेहतालगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।
पहिलो टोलीका रुपमा मुवाँथाई टोली मंगलबार बहराइन जाने छ । गल्फमा सहभागि भएका रुवेन विदेशमा रहेकाले त्यत्तैबाट बहराइन जाने छन् ।
