रियल म्याड्रिडमाथि म्यानचेस्टर सिटी विजयी

पोखरा स्पोर्ट्स ।  युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा नीको ओरेइली र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडका लागि रोड्रीगोले एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीको ६ खेलमा १३ अंक भएको छ र तालिकामा चौथो स्थानमा रहेको छ । त्यस्तै रियल म्याड्रिडको भने ६ खेलमा १२ अंक रहेको छ र अंकतालिकामा सातौं स्थानमा रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close