आइटिएफ वर्ल्ड टेनिस टुर पोखरा : राउन्ड अफ १६ मा रोमाञ्चक नतिजा

पोखरा स्पोर्टस । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी आइटिएफ जे–३० वर्ल्ड टेनिस टुर पोखरामा ब्वाइज’ सिंगल्सको राउन्ड अफ १६मा अत्यन्तै प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन् । शीर्ष सिडिङ प्राप्त खेलाडीहरूले कठिन संघर्षपछि अन्तिम आठमा स्थान बनाए भने नेपालका दुई खेलाडीले पनि प्रभावशाली प्रदर्शन गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएका छन् ।

शीर्ष शिडिङ ताइवानका टिङ–हो याङले भारतका प्रतीक शोरण विरुद्ध खराब सुरुआतपछि कमब्याक गर्दै ०–६, ६–३, ६–२ ले जित निकाल्दा चीनका यान्सुओ पानले भारतका शशांक कर्णाटी विरुद्ध ६–२, ६–३ ले जित दर्ता गरे । भारतका अर्श काथुरियाले सिंगापुरका रोबर्ट डोल्यालाई २–६, ७–५, ६–१ ले हराउँदै दिनको ठूलो अपसेट सिर्जना गरे भने चीनका जियालियाङ गुओले भारतका माधव दिक्षितमाथि ६–२, ६–४ को जीत हासिल गरे ।

यस्तै नेपालका प्रणव मनन्धरले भारतका यश कुमारलाई ६–१, ६–१ ले पराजित गर्दै सहजै अन्तिम आठमा प्रवेश गरेका छन् । कोरियाली युल हो जुङले उतार–चढावपूर्ण खेलमा दक्ष दीपक पाटिललाई ६–१, २–६, ६–२ ले रोक्दै क्वार्टरफाइनल स्थान सुनिश्चित गरे ।

श्रीलंकाका गानुका फर्नान्डोले भारतका निकुञ्ज खुरानालाई १–६, ६–२, ६–२ ले हराउँदै अघि बढ्दा नेपालका करन बी थापाले चीनका चुवान डिङलाई सनसनीपूर्ण खेलमा ५–७, ६–४, ७–६(२) ले हराउँदै बुधबारको खेलमा ठूलो जित निकाल्न सफल रहे ।

‘ब्वाइज’ डबल्स (क्वार्टरफाइनल)
डबल्सतर्फ कोरिया–भारतको जोडी क्युन्गबिन आन र दक्ष दीपक पाटिलले भारतका माधव दिक्षित र यश कुमारको जोडीलाई ६–४, ६–१ ले हराए भने भारतका प्रतीक शोरण र अनुज अभिजित तसिल्दारले गानुका फर्नान्डो र तेजस रविलाई ६–२, ६–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान शुरक्षित गरे । यस्तै कोरियाली ह्योजिन हा र युल हो जुङले रेहान गुणवर्धना र असव सम्राट हाडालाई ६–०, ६–४ ले रोक्दै अघि बढे ।

यसै गरी चीनका जियालियाङ गुओ र जुनलिन सुले शशांक कर्णाटी र करन बी थापा विरुद्ध मेडिकल कारणले वाकओभर पाएपछि सेमिफाइनलमा स्थान बनाए ।

यस्तै गर्ल्स सिंगल्समा नेपालकी स्वस्तिका विष्टले भारतीय अनन्या जैनलाई कठिन संघर्षपछि ४–६, ६–१, ७–६(४) ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाइन् । तेस्रो सेटको टाइब्रेकमा स्वस्तिकाले उच्च धैर्य र संयमता प्रदर्शन गर्दै शानदार जित निकालिन् ।

‘गर्ल्स’ डबल्स (क्वार्टरफाइनल)
क्यानडाकी नोरा चौधरी र भारतकी जहनवी तमिनेदीले पहिलो वरीयता प्राप्त भारतीय कर्थिका पद्मकुमार र नेपाली सुनीरा थापामाथि ६–३, १–६, (१०–७) को संघर्षपूर्ण जित हासिल गरे भने शिभाली गुरुङ (नेपाल) र के–चिएह सु (ताइवान) ले भारतकी इशा शर्मा र बुल्गेरियाकी सोफिया जाखार्किभलाई ६–०, ६–१ ले पराजित गर्दै सहज रूपमा सेमिफाइनलमा पुगे ।

नेपालकी स्वस्तिका विष्ट र नाला अमेरिकाकी जोसेफिन मास्कीको जोडीले चीनकी युनर ची र भारतकी मेहा पाटिललाई ६–४, ६–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्दा तेजस्वी मन्नेनी (भारत) र बोइदेही उकिल (न्युजिल्यान्ड) ले भारतीय जोडी प्रियांशी कठियाल र सताक्षिका सहायकलाई ३–६, ६–४, (१०–८) ले हराउँदै सेमिफाइनल यात्रा पूरा गरे ।

प्रतियोगितामा ब्वाइज डबल्स तथा गर्ल्स डबल्सतर्फका खेलहरु समेत जारी रहेका छन् । शनिबार सम्म सञ्चालन हुने प्रतियोगितामा १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीहरुको सहभागिता छ ।

प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वार्टर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ब्वाइज सिङ्गल्स तथा डबल्स/गर्ल्स सिङ्गल्स तथा डबल्स गरी चार ईभेन्टमा प्रतियोगिता संचालन भइरहेका छन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको कास्की टेनिसका सचिब भिष्मराज पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close