
पोखरा स्पोर्टस । यहि डिसेम्बर ४ तारिखदेखि १४ तारिखसम्म दुबईमा जारी आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपको पाँचौ दिनको खेलमा नेपालका लाल प्रसाद उप्रेतीले ४८ किलो तौल समुहमा माल्युदोभाका खेलाडी माथि युनानिमस जीत हासिल गरेका छन ।
पहिलो राउन्ड देखिनै निकै रिङ्गमा उत्कृष्ट प्रभाव जमाएका लालप्रसादले १०–०९ क्लियर डीसिजनको लीड गर्दै ५ः० मा अग्रता हासिल गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेका हुन् । दोश्रो राउण्डमा ४ः१ को अग्रतालाई कायम गरे भने तेश्रो राउन्डमा पनि पोरोम्बोकका प्रायः सबै पन्चहरूलाई डकिड गर्दै क्लियर क्वालिटि पन्चहरूको बर्षा गर्दै ५ः० अग्रतालाइ कायम गरी युनानिमस डिसिजनमा शानदार जीत हासिल गरे ।
यस अघि लाल प्रसाद उप्रेतीले ईथोपियाका अलेमु अबेल अबात्येलाई युनानिमस डिसिजन ५ः० को आधारमा पराजित गर्दै विजयी शुरुवात गरेका थिए । यस अघि महिला तर्फमा भने बिस्व च्याम्पियनशिपमा दुइ देशलाई जितेर अन्जनि तेलीले ईतिहास कायम गरेकी थिइन भने पुरुष तर्फ क्वाटर फाइनलसम्म को यात्रा गर्ने उप्रेति रहेका छन् अर्का खेलाडी चन्द्र थापाको भिडन्त आज डीसेम्बर ९ तारिखमा अर्मानियाका मुक्केबाजसँग हुनेछ ।
अब हुने खेलमा लाल प्रसादले बिजय हासिल गरेमा कम्तिमा पनि ७५ हजार डलर नेपाली रूपैया एक करोड आठ लाख रकम जित्ने छन् । आइबाले उक्त विश्व च्याम्पियनशिपमा बिजेता लाई तिन लाख डलर, उप बिजेतालाई एक लाख पचहत्तर हजार डलर र तृतीय हुने दुइ जनालाई पाच हत्तर हजार डलर पुरस्कार राशिको घोषणा गरेको छ ।
