
पोखरा स्पोर्ट्स । लेखनाथ क्योकुशिन–कान कराते डोजो र लेखनाथ डोजो मुआथाई क्लबको संयुक्त आयोजनामा सम्पन्न पाँचौँ लेखनाथ कप तथा दसौँ कास्की जिल्ला स्तरीय क्योकुशिन–कान जुनियर फुल–कन्ट्याक्ट कराते तथा मुआथाई प्रतियोगितामा लेखनाथ पावरहाउस डोजो समग्रमा च्याम्पियन बनेको छ । टोलीले ५ स्वर्ण, ३ रजत र ९ कास्य सहित उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको हो ।
१४ तौल समूहमा विभाजित छात्र–छात्रा प्रतियोगितामा १५ डोजोका १५० खेलाडीहरूको सहभागिता थियो । चार स्वर्ण, तीन रजत र सात कास्य जितेर बागमारा डोजो दोस्रो स्थानमा रह्यो भने २ स्वर्ण, ६ रजत र ४ कास्यसहित लेखनाथ रंगशाला डोजो भण्डारढिक तेस्रो भयो । प्रतियोगितामा टुटुङ्गा डोजोका हुमी बुढा मगर (छात्रा) र पार्थ सुनार (छात्र) उत्कृष्ट खेलाडी घोषित भए।
कराते – छात्र तर्फका विजेता
२५ केजीः आवास नेपाली (१), अनिस चौधरी (२), प्रशन तिवारी र निश्चल अधिकारी (३)
३० केजीः सुजल कुमाल (१), विशेष तामाङ (२), अविनास सुनार र अपिल कुमाल (३)
३५ केजीः अनमोल गुरुङ (१), प्रवेश श्रेष्ठ (२), सुर्य सुनार र अनन क्षेत्री (३)
४० केजीः रायन नेपाली (१), आयुष खवास (२), विशेष गुरुङ र सन्दिप मगर (३)
४५ केजीः सयम कुमाल (१), सचिन सुनार (२), शिशिर बि.क. र साइमन थापा (३)
५० केजीः कुशल तिवारी (१), सविन सुनार (२), सोहन ठेडी मगर र कुशल तिवारी कालिका (३)
५५ केजीः रिजन थापा मगर (१), बसन्त बि.क. (२), रितेस बस्नेत र ओमराज गुरुङ (३)
कराते – छात्रा तर्फका विजेता
२५ केजीः आर्या थापा मगर (१), सुबिना थापा (२), जोनोशा सिंह र जिया थापा (३)
३० केजीः साङ्छु तामाङ (१), इरुपा थापा (२), नज्योसा सिंह र अका गुरुङ (३)
३५ केजीः आयुषा थापा मगर (१), सुप्रिया थापा मगर (२), हुमी बुढा मगर र प्रकृति तिवारी (३)
४० केजीः आकाङ्क्षा नेपाली (१), समृति सुवेदी (२), एस्लिन सुनार र सजिना गगर (३)
४५ केजीः ध्वज कुमारी नेपाली (१), तृप्ति चापागाँइ (२), सन्ध्या श्रीस मगर र रोजिना सुनार (३)
५० केजीः करुणा गुरुङ (१), आरोही सुनार (२), सन्ध्या श्रीस मगर र अंशु अधिकारी (३)
५५ केजीः समृद्धि तिमिल्सेना (१), प्रिन्स्मा नेपाली (२), आयुषी सुनार र सुप्रिया लामा (३)
जुनियर मुआथाई – विजेता
१० वर्ष मुनीः डियर थापा मगर (पचभैया क्लब–१), क्रिशभ गुरुङ (लेखनाथ डोजो–२)
१४ वर्ष मुनीः प्रज्वल थापा मगर (१) – एलेक्स गुरुङ (२)
१६ वर्ष मुनीः अनुप गोतामे (१) – आर्यन थापा (२)
१७ वर्षः सबिन सुनार (१) – सिद्धार्थ हमाल (२)
१६ वर्ष समूहमा अनुप गोतामेले दोस्रो राउण्डमै मिडल सल्याप किक प्रहार गर्दै प्रतिद्वन्द्वीलाई नकआउट गर्दै उपाधि जिते भने १७ वर्ष समूहमा सबिन सुनारले तेस्रो राउण्डमै नकआउटद्वारा जीत सुरक्षित गरे।
पुरस्कार वितरण
विजेता तथा उप–विजेता खेलाडीहरूलाई पोखरा–२९ का अध्यक्ष श्रीप्रसाद गुरुङ, खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदार, नेपाल क्योकुशिन–कान कराते संघका अध्यक्ष लक्ष्मण कुंवर, मुख्य जुरी धनबहादुर तामाङ, लेखनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष गोपिचन्द्र बास्तोला, आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङलगायतको उपस्थितिमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
