सेल्टा भिगोसँग रियल म्याड्रिड स्तब्ध

पोखरा स्पोर्ट्स ।  स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड पराजित भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड सेल्टा भिगोसँग २-० गोल अन्तरले स्तब्ध भएको हो ।

सेल्टा भिगोको जितमा विलिओट स्वेडबर्गले दुवै गोल गरेका थिए ।  त्यस्तै यस खेलमा रियल म्याड्रिडका फ्रान गार्सिया र अल्भारो कारेराजले रातो कार्ड पाएका थिए ।

यो हारले रियल म्याड्रिडलाई अंक तालिकामा ठुलो धक्का लागेको छ र शिर्ष स्थानमा रहेको बार्सिलोना भन्दा ४ अंकले पछि परेको छ । रियल म्याड्रिडको १६ खेलमा ३६ अंक रहेको छ । त्यस्तै शिर्ष स्थानमा रहेको बार्सिलोनाको १६ खेलमा ४० अंक रहेको छ ।

त्यस्तै रिल म्याड्रिडलाई स्तब्ध पारेको सेल्टा भिगोको भने यो जितपछि १५ खेलमा १९ अंक भएको छ र लिगमा १०औं स्थानमा उक्लिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close