शिवालीले अष्ट्रेलियन ओपन खेल्ने

पोखरा स्पोर्ट्स । टेनिसकी युवा खेलाडी शिवाली गुरुङले ग्राण्डस्लाम प्रतियोगिता अष्ट्रेलियन ओपन खेल्ने पक्का भएको छ । नेपालबाट ग्रान्डस्लाम खेल्ने पहिलो खेलाडीको ईतिहास रच्दै शिवालीले अर्को महिना सुरु हुने अष्ट्रेलियन ओपन टेनिस खेल्ने पक्का भएको हो ।

शिवालीले अष्ट्रेलियन ओपनको १४ वर्ष मुनिको जुनियर इलिट ट्रफी विधामा प्रतिस्पर्धा गर्नेछिन् । अष्ट्रेलियाको मेलवर्नमा हुने प्रतियोगिता सन् २०२६ को जनवरी १४ देखि ३० तारिकसम्म सञ्चालन हुनेछ । 

शिवाली ग्रान्डस्लामसम्म पुग्ने नेपालको पहिलो खेलाडी हुन् । उनले उमेर समूहको प्रतियोगितामा उच्च प्रर्दशन गर्दै ग्रान्डस्लामसम्मको यात्रा तय गरेकी हुन् ।

शिवाली हाल १४ वर्ष मुनिको एसिया वरियताको तेस्रो नम्बरमा छिन् । नेपालबाट एसियाको तेस्रो वरियतामा पुग्ने उनी पहिलो खेलाडी हुन् । शिवालीले ग्राण्डस्लाम प्लेयर डेभलोपमेन्ट प्रोग्राम आईटिएफ एटिएफ अन्तर्गत टेनिस टू युरोप कार्यक्रम अन्तर्गत फ्रान्स, जर्मनी, बेल्जियम लगायत देशको भ्रमण गरेकी थिईन् ।

शिवालीले शुक्रबार मात्र पोखरामा सम्पन्न आइटिएफ जे३० पहिलो सर्किटअन्तर्गत सिंगल्स र डबल्स विधामा दुई स्वर्ण पदक जितेकी छिन् ।  भर्खरै १४ वर्षमा प्रवेश गरेकी शिवाली आईटिएफ जे३० प्रतियोगिता जित्ने पहिलो नेपाली खेलाडी समेत बनेकी छिन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close